• त्यो बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु….. एउटी आमा कती खुशी भै होलीन मेरो छोराको लागी भनेर। तिनीलाई के थाह त्यो कैमारा र माइक्रो फोन बाट खिचिएको दृश्य र लिएको आवाज उनको छोरालाई संसारले हेर्ने छ देख्ने छ भनेर हामी निशब्द छौ !”

    अत्यन्तै बिपन्न परिवारमा जन्मिएका बाल गायक अशोक दर्जी सडकमा गित गाएर ८ बर्षको उमेरमा आफ्नो परिवारलाइ आर्थिक रुपमा सहयोग गर्थे । सानो उमेर, च्यातिएका कपडा र धुलो मैलो भएर सडक सडकमा गित गाउँदै २/४ रुपैया माग्दै दुख गर्थे । त्यस्तै झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।

    https://www.youtube.com/watch?v=PebvkbmDGQw&t=7s

    करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले मलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । बिक्रम लावतीको यस्तो प्रतिभा देखेपछि म र मेरा ३ जना साथी मिलेर पाँचथर जिल्लाको मौवामा बिक्रमको घर गयौ । त्यहाँ पुगेपछि हामी अत्यन्तै दुखित भयौ किनकि बिक्रमको घर अनि परिवारको त्यस्तो दर्दानाक अवस्था देख्दा सबैका आँशु रसाए । सम्पूर्ण नेपाली माझ पुराउन सबैले यो भिडियो धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।

    https://www.youtube.com/watch?v=HalhyRYyJsc&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…