• घोराही, २१ माघ जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो ।

    प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल एक थान, एयरगन राइफल तीन थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान, सानो हतियार १२ थान तथा ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ । हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन एक थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मीलगायत सामग्रीसमेत बरामद गरिएको छ ।

    यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्क्रु र पित्तल गलाउने धूलो पनि सो उद्योगमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार घरेलुरुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएको थियो । “नेपालमा पनि उनीहरुले हतियार बेचेका रहेछन्,” उहाँले भन्नुभयो । पक्राउ परेकाविरुद्ध हतियार तथा खरखजानासम्बन्धी कसुरको मुद्दा चलाइनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…