• विराटनगर : संघीय लोकतान्त्रिक लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नामकरण पहिचान विरोधी सगरमाथा वा कोशी राखिए देशमा ठूलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् ।

    बिराटनगरमा प्रदेश १ को प्रदेश कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन भने ‘एक नम्वर प्रदेशको नामकरण राई र लिम्बुको घाँटी काट्ने गरि कोशी सगरमाथा राखिए त्यस्ता सांसदलाई सदनबाट थुतेर सडक मा ल्याएर बन्चरोले टाउको फोर्छौ ।’

    उनले पहिचान समाप्त गर्ने खेल बन्द गर्न आग्रह गरे । ‘अबको शिल्पी शिल्पी छैन हिजो हामीले दलित भनेर हेप्यौ अव त्यो दलित छैन, हिजो लिम्बुवान र किरात खम्बुवान त्यसै गरि मधेशी बिचमा फुट ल्याउन षड्यन्त्र गरेका थियौ तर आज हामि एउटा ब्यानरमा आयौ अव तिमि के गर्छौं ?’ उनले प्रश्न गर्दै अध्यक्ष विङदेनले भने, ‘उत्पीडित समुदायहरुले तिम्रो षड्यन्त्र बुझी सकेका छन् तसर्थ अव तिम्रो जालझेल पूर्ण गेम बन्द गरे हुन्छ ।’

    प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन माग गर्दै आइतबार आयोजित धर्नामा मधेशदेखि पहाडसम्मका सवै जनता सहभागी भएको लिङदेनको दावी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…