• काठमाडौं, २१ माघ । पशुपतिनाथ मन्दिरप्रतिको आस्था कमजोर बनाएर यस क्षेत्रमा चर्चको प्रभाव बढाउने भित्री खेल भइरहेको भन्दै हिन्दुवादी संस्थाहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    चर्चको प्रभाव चर्किएको भन्दै त्यसको न्युनिकरण लागि पछिल्लो समय राजधानीका विभिन्न स्थानमा गोप्य भेला भइरहेको छ ।

    आन्दोलनको तयारी गरिरहेको हिन्दु जागरण नेपालका अध्यक्ष राम कृष्ण उपाध्याय भन्छन्, ‘पशुपतिनाथको मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छ । यो सूचीबाट हटाउने नियोजित प्रयत्न भइरहेको छ ।

    यसले त पशुपतिनाथमा चर्च नै राख्ने नियत देखाएको छ ।’ पशुपतिनाथको मन्दिरमा क्रिश्चियनको प्रबेश गर्ने वाताबरण बनाउने प्रयास भएकाले हामी समयमै सर्तक हुन जरुरीछ उनले थपे ।

    भूकम्पका समयमा चामल र वाइवल बाड्नेहरु हावी भएको भन्दै भूकम्पले भत्केको विश्वरुपाको मन्दिर पुननिर्माण हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता जगाएका हुन् । अर्कोतर्फ श्लेषमान्तक वनमा कंक्रिटको पदमार्ग निर्माण तीव्र भएको छ । यो पदमार्ग विवादित नै बन्यो ।

    वीरुपाक्षको मूर्तीबाट उत्तरतर्फ रहेको किराँतको मूर्तीसमेत तोडफोड भएको छ । तर यो विषयमा पशुपति क्षेत्र विकास कोष मौन रहेको अध्यक्ष उपाध्याय बताउछन् । पशुपति क्षेत्रमा कसैले दान दिएकै भरमा हंश मण्डप नामाकरण गरिएको छ ।

    उपाध्याय भन्छन, ‘हंश पन्थको प्रबद्र्धन गर्न हंश मण्डप राख्ने हो भने अरु पन्थ र सम्प्रदायले पनि केही सहयोग गर्दै आफ्नो पहिचानको नामाकरण गर्दै जान सकिन्छ । विश्वको सम्पदामा कुनै व्यक्ति, समुदाय वा विशेषको यस्तो अतिक्रमण लाजमर्दो हो ।’

    पशुपतिनाथ प्रतिको आस्था र श्रद्धा मेटाउनका लागि काम भइरहेको उपाध्याय दावी गर्छन् । उनको मतअनुसार पञ्चालीमा कृपालु बाटिका बनाउने, अग्नीहोत्र गर्ने स्थानमा डोजर चलाउने जस्ता काम भए ।

    भारतीयहरुको एक समूहलाई पशुपतिनाथ भित्रको संरचनाहरु सम्पूर्ण नापजाँच गर्ने अनुमति समेत पशुपति क्षेत्र विकास कोषले दिएको थियो । उपाध्याय भन्छन् ।

    ‘नक्कली लुम्बिनी बनाउनेहरुले नक्कली पशुपतिनाथ बनाउन यस्तो गरेको देखिन्छ । पशुपतिनाथभित्रको संरचना नापेर फर्किएकाहरुको बस त्रिशूलीमा खसेको थियो ।’

    पशुपतिनाथ क्षेत्रमा बनेका कंक्रिटका संरचना निर्माण रोक्न पुरातत्व विभाग, काठमाडौंं वडा नम्बर ८ र सर्वोच्च अदालतले पनि पशुपति क्षेत्र कोषलाई निर्देशन तथा आदेश दिइसकेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…