• बाहुनडाँगी । काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजकोे संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न भएको छ। काभे जेसीज वर्ष २०१८ का अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भयो । कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत ज्यूले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु काभ्रे जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल जेसिजका पूर्व अध्यक्ष द्वय सिनेटर राजेश न्याछ्यो र सिनेटर सुशिलबाबु श्रेष्ठ ज्यूको उपस्थिति रहेको थियो । अतिथिको रुपमा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष एवम् काभ्रे जेसिजका लागि निरुपित उपाध्यक्ष जेसी भोजराज चापागाई, मातृशाखा काठमाण्डौं जेसिजका अध्यक्ष भुवनकुमार श्रेष्ठज्यूको गरिमामय उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्षहरु, विभिन्न शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा काभ्रे जेसिज वर्ष २०१८ का अध्यक्ष जेसी उमेश मानन्धर, काभ्रे महिला जेसिजकी अध्यक्ष जेसी जमुना मानन्धर र बनेपा जुनियर जेसिजका अध्यक्ष जु.जेसी बिजयराम बञ्जाराले वर्ष २०१९ का अध्यक्षहरुलाई आफ्नो पद हस्तान्तरण गनुभएको थियो । काभ्रे जेसिज वर्ष २०१९ का लागि निर्विरोध निर्वाचित अध्यक्ष जेसी बिजेश मुल्मी, काभ्रे महिला जेसिजकी अध्यक्ष जेसी जयन्ती मानन्धर र बनेपा जुनियर जेसिजका अध्यक्ष सुजन महर्जनले वर्ष २०१९ को लागि पदभार ग्रहण गर्नुभएको थियो । कार्यक्रममा काभ्रे जेसिजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट जेसिज पुरस्कारहरु र व्यक्तित्व सम्मान कार्यक्रम पनि सम्पन्न भएको थियो । पदस्थापन कार्यक्रम काभ्रे जेसिजका पूर्व अध्यक्ष जेसी प्रकाश कायष्ठ ज्यूले, व्यक्तित्व सम्मान कार्यक्रम काभ्रे जेसिजका पूर्व अध्यक्ष जेसी इन्द्रनारायण भैल ज्यूले र जेसिज पुरस्कार वितरण कार्यक्रम काभ्रे जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय का.का. उपाध्यक्ष सिनेटर बिकास मानन्धर ज्यूले सञ्चालन गर्नुभएको थियो ।
    कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर सुशिलबाबु श्रेष्ठ ज्यूले नेपाल जेसिज र यसका शाखाहरुले अन्तराष्ट्रिय जेसिजमा जस्तै नयाँ तरिकाबाट आफ्नो कार्यक्रहरुलाई अद्यावधिक गर्दै सञ्चालन गर्नुपर्ने बताउनुभयो । काभ्रे जेसिजका पूर्व अध्यक्ष तथा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे ज्यूले काभ्रे जेसिजको लामो इतिहास र शाखाको नेपाल जेसिजमा रहेको पहिचान र अब जेसिजहरुले देश बिकासमा र साथै सरकार सही ढंगबाट कार्य गर्न घचघच्याउनु पर्ने भन्ने कुराहरु राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री डा. रामशरण महत ज्यूले जेसिजबाट राजनैतिक पार्टीहरुले धेरै कुराहरु अनुशरण गर्नुपर्ने बताए । शिष्टाचार, नेतृत्व क्षमता, प्रष्ट वक्ता, भाइचारा र विधिको शासन जेसिजबाट सबैले सिक्नुपर्ने र अब जेसिजले पनि देश विकासमा नेतृत्व लिन अग्रसर हुनुपर्ने भन्दै कार्यक्रममा उपस्थित हुने मौका दिएकोमा सम्पूर्ण जेसिजहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य काभ्रे जेसिज वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी सुभाष बैद्यले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन काभ्रे जेसिज वर्ष २०१९ का महासचिव जेसी रिकेश श्रेष्ठले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…