उर्लाबारी माघ २१ । स्वर्गिय भगिरथा पोमु लिम्बू स्मृति फाउण्डेसनको सहयोगमा मोरङकमो मिक्लाजुङ टाँडीमा निशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । श्रीजंगा युथ क्लव युथ, कन्र्सन र इफत्ता मिनिस्ट्रीको आयोजनामा भएको उक्त शिविरमा २ सय जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । सोहि अवसरमा विपन्न परिवारका ६ घरलाई ओड्ने ओछ्याउने कपडा सहयोग गरिएको थियो । टाँडी हेल्थ केयर परिसरमा भएको उक्त शिविरमा निशुल्क औषधि समेत वितरण गर्नुका साथै विभिन्न रोग सम्बन्धि चेकचाँज तथा परामर्श प्रदान गरिएको थियो । शिविरमा भि. आई.ए) महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि चेक जाँच पनि भएको थियो।
सुगर,प्रेसर,पायल्स ,फिस्टुला हाइड्रोसिल आदिका रोगका सेवा तथा निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविर स्रयोजक विश्वास पोमोले बताउनुभयो । उहाँका अनुसार डाक्टर प्रदिप कुमार यादव र एच ए राजेन्द्र कार्कीले स्वास्थ्य चेकचाँज गर्नुभएको थियो । शिविरका लागि अरनिको हस्पिटल प्रालि उर्लाबारीले प्राविधिक सहयोग पुर्याएको थियो ।

क्यान्सर रोगबाट निधन हुनु भएका बोजु भागिरथा पोमुको स्मृतिमा फाउण्डेसन स्थापना गरि सामाजिक कामहरु गर्दै आएको शिविर संयोजक विश्वासले बताउनुभयो । उहाँका अनुसार भागिरथा पोमुको क्यान्सर रोगबाट नै निधन भएको कारण विश्व क्यान्सर दिवस कै दिन कार्यक्रम गरिएको र उहाँको स्मृतिको अवसरमा गरिने सामाजिक कामलाई्र निरन्तरता दिईनेछ । कार्यक्रममा मिक्लाजुङ वडा नम्बर ३ का वडा अध्यक्ष खगेन्द्र मादेन,संघिय लिम्बूवान पार्टी नेपालका डिल्ली मिभक, टाँडी हस्पिटल प्रालिका अध्यक्ष यसोदा मिभक, इन्चार्ज गंगा मिभक,मिक्लाजुङ ईसाइ समाजका घनश्याम खड्का,रेडक्रश मिक्लाजुङ शाखाका भरत सुब्बा र अरनिको हस्पिटल प्रालिका प्रधिनिधीहरुको सहभागिता रहेको थियो ।