• बिष्णु धिताल

    गत माघ १६ गते धुर्मुशसुन्तलीले रंगशाला बनाउने घोसणा गरे त्यसपछिका दिनहरुमा केहि फेस्बुके बुद्धिजीवि,फेस्बुके नेता,फेस्बुके कार्यकर्ता,फेस्बुके वकिल,फेस्बुके न्यायधिसहरुलाई भ्याई नभ्याई छ,बिचराहरुलाई खान पनि समय छैन,बिरोध गर्न भ्याई नभ्याई छ l

    तर रोचक कुरा के छ भने बिरोध गर्नेहरुलाई कित यो योजनाको वास्तविकता के हो थाह छैन,कित ठेकेदारका आशेपासे हनुमानहरु छन्,कित आफु भाईरल हुन जे पनि बोल्नेहरु छ्न l त्यो भन्दा आश्चर्य लाग्ने कुरा चाई के छ भने हिजो अस्ति सम्म देशमा एउटा गतिलो स्टेडियम बनाई दिए म यस्तो गर्थेँ उस्तो गर्थेँ भनेर दिनमा ३/४ पटक स्टाटस राख्नेहरुनै अहिले यसको बिरोधमा उत्रिएका छन् l

    थाहै नहुनेहरुलाई फेस्बुके न्यायधिस हुन हतार छ,मानौ सर्वोच अदालतको मुद्धा पनि तिनलाई सोधेर मात्र फैसला हुन्छ l उढुस्ले चुसेजसरी जनताको पसिनाले तिरेको कर चुस्ने बानि लागेका ठेकेदार र तिनका हनुमान हरुलाई आफुले कुम्ल्याउन नपाएकोमा छटपटी छ,अनि अर्को फेसबुकको महान बर्ग ठान्ने फेस्बुके भाईरल रोगीहरुलाई रोगले खुब च्यापेको छ,हरेक राम्रो कामको बिरोध गरेर ताइनतुईका स्टाटस हाल्दै लाइक कम्मेन्टमै जिन्दगि चलाउनेलाई त दसैँ लाग्या छ हौ दसैँ !!

    आफ्ना घर अघिको खाल्टो आफैँ पुर्नको साट्टो सरकार लाई धारेहात गर्ने हरु,आज यो काम सरकारको हो भन्दै कुर्लिएको देख्दा खित्का छोडेर हाँस्न बाहेक केहि गर्न सक्दिन, हुनत आफुँ जस्तो छ अरुलाई त्यस्तै देख्नु अस्वाभाविक हैन,मन्दिर,मस्जिद,गुम्बा बनाउने नाममा चन्दा उठाएर आफ्ना घर ठड्याउनेहरुले धुर्मुशसुन्तलीको विश्वास कसरि गर्न सक्छन तपाई आफैँ भन्नुहोस त ?अरे बाबा ३ अर्व हो त्यसलाई सरकारले गर्ने भन्या भए ३० अर्व बनाउन सकिन्थ्यो अनि घडेरी सम्म्याएर सबै कुम्लाउन पाइन्थ्यो,त्यो सबै एकै झड्कामा बन्द गरिदिनुहुन्छ त धुर्मुस सुन्तलीले ? रिश उठ्छ नि हौ पप्पु पुत्रहरुलाई

    धुर्मुशसुन्तलीको आलोचना नै गर्नु हुदैन,उनीहरुले जे भन्यो त्यहि सहि हो भन्ने कदापि हैन तर अहिले जसरि उनीहरुलाई अपराधि जस्तै गरि टिक्का टिप्पणी गरिदै छ नि त्यो चाहि अत्यन्त निन्दनीय छ,केहि बुझ्रुक,चर्चाका भोकाहरु जो हिजोका दिनमा धुर्मुशसुन्तलिकै नाम जोडेर आफुलाई सामाजिक अभियान्ताको सोघोषित बिल्ला भिराएर भाईरल हुन मन पराउँथे तिनै भाईरल रोगीहरु धुर्मुशसुन्तलीलाई पाठ सिकाउँदै उनीहरुको जर्ज गरिरहेका छन् l आफ्नु स्वबिवेकले आफ्नो घरको आँगनको धोलो बढार्न नजानेहरुले यस्ता तर्क राखेको देख्दा म मेरा हजुरबाले भनेको उखान सम्झन्छु "बाँदरले न आफ्नो घर बनाउँछ,न बनाएको देख्न सक्छ " अहिले फेस्बुके बुद्धिजीविको प्रवृति ठ्याक्कै त्यस्तै छ l

    पप्पु कन्ट्रक्सन जस्ता हजारौँ ठेक्का लिएर अलपत्र पारेका योजनाको बारेमा चुइक्क बोल्न नसक्नेहरु धुर्मुशसुन्तलिका योजनामा प्रश्न गर्छन,तर फेरी उनीहरुनै धुर्मुशसुन्तलीले बनाएरै छाड्छन,योजना समयमै पुरा गरेरै छाड्छन भन्नेमा भने ढुक्क छन् त्यसैले अहिलै बाट त्यो नाफा कहाँ जान्छ भनेर प्रश्न गर्न थालेकाछन l
    ए बिद्धवानहरु यत्रो योजना आँट गर्नेहरु,यो भन्दा अघि यस्ता योजना पुरा गरिसकेका धुर्मुश सुन्तलीको तपाईको
    जत्तिको दिमाग छ हौ,तपाईले फेसबुकमा कमेन्ट बटुल्न लेखेका बतासे शब्द्ध हैनन् ति सम्झौता पत्रहरु त्यति त बुझ्नु हुन्छ कि ?
    तपाईले बियरको चुस्की लगाउँदै बेहोसीमा बर्बराएका बोलि हैनन् हामि बनाउँछौ भनेर बोलेका बोलिहरु होसमै रहेर फेरी सुन्नुहुन्छ कि ? तपाईले त्यो योजनाको बारेमा कति सम्म आधिकारिक जानकारी लिनुभएको छ ? कि फेसबुके नेताकै पछि कार्यकर्ता भएर हिड्नु भएको छ ?

    तपाईहरुलाई सारै पिर लागेका २/४ ओटा बिषय प्रस्ट राखिदिन्छु आउनुहोस् तपाईको अमुल्य समय यो जानकारीको लागि खर्च गर्नुहोस् l

    तपाईहरुले आलोचना गरेको पहिलो बिषय यो सरकारको काम हो धुर्मुशसुन्तलीको हैन,हामीले किन गर्ने ?
    देशमा बिकाश भएन भनेर कहिले सम्म नेतृत्वलाई गालि मात्र गरेर बस्ने ?हामि नागरिकको भूमिका केहि हुदैन ? हामि सरकारलाई कहिले सम्म कुर्ने ?नागरिक जाग्ने बेला आएन ?
    यो परियोजनाले एउटा गतिलो सन्देश दिन्छ सरकारलाई ध्यानाकर्ष्ण गराउँछ भोलि यो परियोजना समयमै पुरा भयो भयो भने सरकारको तर्फ बाट भएका यस्ता गौरबका आयोजना हरु समयमै पुरा गर्न अघि बढ्न बाध्य हुनेछ यो सबल पक्ष हैन र ?

    दोश्रो बिषय : जे गर्दा पनि बिदेशमा रहने श्रमिकलाई चन्दा किन माग्नु भन्ने हो,यसको सजिलो जवाफ छ उनीहरुले तपाईको कोठा कोठामा गएर जबर्जस्ति तैले यत्ति दिनै पर्छ भनेर मागेका छैनन् मात्र हामि यस्तो योजनामा छौ देशविदेशमा हुने सम्पूर्ण सहयोगी हरुबाट सहयोग हुनेछ भन्ने आशा लिएका छौँ भनेका छन् यस्को मतलव जस्लाई सहयोग गर्ने इच्छा छ गर्न सक्नु हुन्छ भनेको हो ईच्छा नहुनेहरुलाई नगर्ने छुट प्रसस्त छ l दान भन्ने कुरा आफ्नु मन फुकाएर गर्ने कुरा हो जब दिनेहरुलाई यसमा टाउको दुखेको छैन भने तपाईले दुखाएर केहि पाउनु हुदैन बेकारको प्रेसर बढ्छ आजै बाट छाडिदिनुहोस र स्वस्थ रहनुहोस् l

    तेश्रो बिषय: यो आयोजना नाफा मुलक आयोजना हो त्यसैले चन्दा हैन नेपालीहरु माझनै सेयर आव्हान गरेर भोलि मुनाफा र जिम्मेवारी हुने गरि किन गरिएन ? यो तपाईहरुको प्रश्न जायज हो तर फाउन्न्डेसन नन् प्रोफिट अर्गनाइजेसन (नाफ़ा रहित)हो यस्ता आयोजनाका लागी कम्पनि मार्फत जानुपर्ने हुन्छ त्यसरी अघि बढ्न लाई नेपाल सरकार खेलकूद मन्त्रालय अन्तर्गत त्यो निति बनिसकेको छैन फेरी यो एउटा ईतिहास कोर्ने रंगशाला हो जुन "विश्वको पहिलो जननिर्मित अन्तराष्ट्रीय क्रिकेट रंगशाला" हुनेछ त्यसो हुनकालागि पनि सेयरमा जाँदा त ति सेयर धनिहरु वा निश्चित मान्छेहरुको मात्र हुन जान्छ,तयसैले यो आयोजनाको सम्झौतामा भोलि यसबाट आउने सम्पूर्ण नाफा धुर्मुश्सुन्तली वा सरकार कसैले पनि राख्न नपाउने,त्यो नाफा रकम खेलाडी हरुकै बिकासका लागि खर्च हुने सम्झौता भएको छ l जस अनुरुप यो रंगशाला बनि सकेपछि एउटा क्रिकेट एकेडेमीको रुपमा बिकास हुनेछ र ७७ जिल्लाकै खेलाडीहरुको बिकासका लागि खर्च हुनेछ क्रिकेट मात्र नभएर समग्र खेलको बिकासमा त्यो नाफा लगानी गरिने र उब्रिएको रकम सामाजिक काममै लगाउने सम्झौतामा उल्लेख छ l

    चौथो विषय : क्रिकेट रंगशाला भन्दा अस्पताल आवश्यक छ 
    हो पक्कै पनि अस्पताल भन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन अनि तपाईहरुकै अस्पताल पनि सरकारले नै बनाउनु पर्ने हैन र ? कि यो पनि धुर्मुशसुन्तली कै काम हो ? यहि कुरा धुर्मुश्सुन्तलीले बनाउने रंगशालामा प्रश्न गर्न सक्ने तपाईहरुले देशका ठुल्ठुला भ्रष्टाचार काण्डमा किन उठाउन सक्नु भएन ? वाइड बडी काण्डले २४ अर्व गुमनाम छ त्यसले कतिओटा अस्पताल बन्थे ?अनि त्यति बेला तपाईले यो कुरा कति उठाउनु भयो ? आफुलाई एक पटक सोध्ने कि ? यो परियोजनाले सिस्टम बिग्रियो भन्नेहरु पनि भेटीए उहाँहरुलाई मेरो प्रश्न यत्रो भ्रष्टाचार,अन्याय,अत्याचारमा तपाईलाई सिस्टम चाइएन ? अनि तत् बिषयम तपाईहरुले कतिपटक भन्नु भयो सिस्टम बिपरित भो भनेर ? कहिलै आफुले आफुलाई महसुस गर्नु भएको छ ?

    र अन्त्यमा बिरोध कै लागि बिरोध गर्नेलाई त केहि गर्न सकिदैन 
    तर हामिजस्ता खेल प्रमि पनि बिरामी भएका छौ,आज देशमा एउटा राम्रो रंगशाला नभएर,दिन रात फेसबुकमा लाईभ र अपडेट कुरेर हेरेर, आँखा कम्जोर भईसकेका छन् हो हामि जस्ता बिरामी हरुको लागि यो अस्पताल नै हो l र हामि चाहन्छौ भोलि हाम्रा छोराछोरी सन्ततिले यहि समस्या भोग्नु नपरोस्
    अब तपाई सक्नुहुन्छ सहयोग गर्नुहोस् सक्नु हुदैन नगर्नुहोस् तर रंगशाला बन्छ हामि बनाउँछौँ हामीले दिएको दानमा तपाईहरुको टाउको नदुखोस् महोदय !!

    जय देश

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…