उर्लाबारी । नेपाल तरुण उर्लाबारीले २ सय जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा उर्लाबारी—५ झुम्राहा टोलका विपन्न परिवारलाई बाँढिएको नगर सभापति रोहित कार्कीले जानकारी दिनुभयो । सभापति कार्कीका अनुसार तरुण दलले पनि आफै पनि कपडा खरिद गरेर सहयोग गरेको छ ।
तरुण दल नगर सदस्य कमल गुरुङले सो कार्यक्रमको लागि पहल गर्नुभएको थियो । आर्थिक अवस्थाका बाबजुद न्यानो कपडा किन्न नसकेकाहरुलाई सानो सहयोग गरिएको कार्की बताउनुहुन्छ । कपडा पाएपछि विपन्न परिवारमा निक्कै खुशीयाली छाएको तरुण दल नगर सचिव राजन रायमाझीले बताउनुभयो । राजमाझीले मानविय सेवाको हिसावले सहयोग गरिएको बताउनुभयो ।