• २०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्द घिमिरे बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।

    ‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर बिदेश जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्दे लाइ पागलजस्तो एक्लै-एक्दै हिँडेर राजनीति हुन्छ त ? भन्दा उनी भन्छन्- ‘म स्याटालाइटबिनाको एक्लो बृहस्पति भइरहेको छु । अर्काको पाटीमा लागेर अर्काले भट्याएकोमा देउसिरे भनेर नेता हुन मेरो आत्माले दिँदैन ।’

    तर, दसैं र हिन्दूधर्मलाई अत्यन्तै सम्मान र विश्वास गर्छन, उनी । ‘यदि दसैं थिएन भने हाम्रो देश र समाज गरिब दलितबस्ती जस्तै सँधै दुखी हुन्थ्यो । र, हिन्दुत्व हुँदैन थियो भने आइएसआइ जस्ता अतिवादी मुस्लिम संकटहरुले विश्व गाँजिन्थ्यो । देश राजा र श्रीपेच बनाएको नभई, धर्म र मन्दिरले बनाएको उनको ठहर छ ।
    ०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’ भन्छन्- ‘म शान्तिबादी हुँ । हिंसा केही मथ्थर भएदेखि पोते फुकालेर राखेको छु ।’

    जनयुद्धका बेला माओवादीप्रति निकै आशाबादी थिए, मुकुन्दे । पढाई सकेर क्रान्तिमै होमिने सोच पनि थियो । तर, तीनै माओवादीका कार्यकर्ताबाट मरणाशन्न हुनेगरी कुटाई खानुपर्यो । बैदेशिक रोजगारमा गएका पिडीतलाई उद्धार गर्ने उद्देश्यले बैदेशिक रोजगार अध्ययन केन्द्र भन्ने संस्था चलाउँथे उनी ।
    ‘बैदेशिक रोजगार पीडितको उद्धार भयो भने अधिकांस युवा विदेशिन्छन् र हाम्रो आन्दोलनमा मान्छे लाग्दैनन् भन्ने तार्किन निहुँ पारेर घर गएको बेला (०५९) सालमा माओवादीले मरणाशन्न हुनेगरी पिटे ।’ स्मरण गर्दै मुकुन्दे भन्छन् ।

    माओवादीले कुटे पनि उनीहरुको तर्क ठीकै लागेकाले संस्था छोडेर शान्तिका लागि प्रचण्डलाई राष्ट्रिय विभूतिकै सम्मान दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालमा ज्ञापन पत्र बुझाए । ‘माओवादी र सरकारको वार्ता भंग भएपछि तत्कालीन शाही नेपाली सेनाले समाते एक महिनासम्म बेपत्ता जस्तै बनाएर राख्यो ।’ उनी भन्छन्- ९ दिन त पूरै बेहोस भएको थिएँ ।
    जब मेलमिलापबाट शान्ति भयो तर माओवादीले एकलौटी जितेजस्तो गर्न थाल्यो तब माओवादीको आलोचना गर्न थाले उनको भनाई छ । एकपटक खुलामञ्जमा प्रचण्डले भाषण गरिरहँदा उनले रत्नपार्ककको रुखमाथि चढेर माओवादीको बिरोध गर्दै भाषण गरे । त्यसबेला पनि माओवादी कार्यकर्ताले उनलाई मरणाशन्न हुने गरि पिटे ।

    यसरि हण्डर नै हण्डर खाएका मुकुन्द आज भोलि दिनरात सामाजिक सञ्जालमा सक्रिय हुदै आएका छन् । मुकुन्दको आयस्रोत के हो ? भन्ने प्रश्नमा ‘सामाजिक सञ्नालमा हारगुहार गरेर मितव्ययी हिसाबले जीउ पालेको छु । नयाँ फेर्न नसकेर थोत्रा लुगा लगाउँदै आएको छु ।’ उनले दुखेसो सुनाए -‘मागे राज्य पाइन्छ, लडे लौरो पाइन्छ भन्छन् मागेर खान के को लाज ?’
    आफूलाई वौद्धिक मगन्ते ठान्ने उनले आउदो मंसिरमा बिबाह गर्ने अभियान नै चलाएका छन् । उनको अभियानमा समाजका केहि अब्बल व्यक्तित्वहरुले पनि साथ दिन थालेका छन् । तेह्रथुम स्थाई घर भै हाल अमेरिकामा बस्दै आएका बरिष्ठ समाजसेवी हेम थापा लाइ आफु बिबाह गर्न लागेको र केटि माग्न जाने खर्चको अभाब भएको भन्दै गुनासो गरे पछी मन र धन दुवैका धनि हेम थापाले २० हजार पठाई दिएका छन् । यदि मुकुन्दको बिबाह पैसाकै कारणले हुन नसक्ने स्थिति आएको खण्डमा बिवाहमा लाग्ने खर्च पनि बेहोर्ने प्रतिबद्धता दिएका छन् ।

    उनको अभियानमा बरिष्ठ समाजसेवी हेम थापाले २० हजार सहयोग रकम पठाए पछी यस्तो स्टाटस लेखेका छन्
    प्यारो मुकुन्दे भाइलाई सुहाउने एउटी संस्कारी बुहारी यो मुङ्शीरमा त भित्र्याउनै पर्छ भन्ने आशीर्वाद सहित अमेरिकाबाट दिलदार हेम थापा दाजुले मलाई सहयोग स्वरुप २०,०००/-, नेपाली बीस हजार रुपैयाँ पठाई दिनुभएको छ, वहाँबाट सबैले सिकेर अब यो अभियान सफल पारिनेछ भन्ने मैले विश्वास लिएको छु।
    उता

    सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ ।
    डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।
    भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…