• कुमार खड्का माघ २२, पथरी
    आगामी माघ २५ गते नगर खेलकुद विकास समितीको आयोजनामा मोरङको पथरीमा प्रथम वडा स्तरिय नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
    वडा नम्वर १ मा रहेको पञ्चायत माध्यमिक विध्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।
    २ पालिकाको पर्यटकिय क्षेत्र सुनझोडा सिमसारमा नगर खेलकुद विकाश समितिले आयोजना गर्दै पत्रकार सम्मेलनमा प्रतियोगीताका वारेमा जानकारी दिएको हो । प्रतियोगीतामा प्रथम हुने वाडले नगद ३० हजार,दोस्रो हुनेले १५ हजार ट्रफि जित्ने छ भने खेलकुद विकास समितिका अध्यक्ष मणी लुम्फुवा लिम्वुले जानकारी दिए ।


    प्रतियोगीताका उत्कृष्ट वलर,उत्कृष्ट व्याष्टमेन, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीज समेत पुरस्कृत हुने भएका छन् । उनीहरुलाई नगद र ट्रफि पुरस्कार प्रदान गरिने लिम्वुले जानकारी दिए ।
    प्रतियोगीताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगीताको पहिलो खेल वडा नम्वर ४ र ३ विच माघ २५ गते विहान ८ हुने छ दोस्रो खेल दिउसो २ वजे वाट सञ्चालन गरिने भएको छ ।
    ट्वान्टी फर्मेटमा खेलाइने खेलको अनुमानित खर्च १ लाख ४५ हजार रुपैया अनुमानित गरिएको छ ।
    प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो । वडा नम्वर १ का रत्न युथ क्लव,पथरीशनिश्चरे क्रिकेट क्लव र एभरेष्ट क्रिकेट क्लवले प्रतियोगीतालाई सह संयोजन गर्ने भएका छन् ।
    नगर वाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्ष भरी विभिन्न खेल प्रतियोगीता गर्ने योजना साथ क्रिकेट प्रतियोगीताको आयोजना गरिएको आयोजकका सचिव नैन राइले जानकारी दिए ।
    प्रतियोगीता सम्पन्न गर्न करिव १ लाख ४५ हजार वजेट तय गरिएको आयोजकले जनाएको छ ।
    प्रतियोगीतालाई थप रौनक वनाउन र क्रिकेट खेलको चासो वडाउन उपस्थीत दर्शकलाई नगरमै पहिलो पटक वाउण्ड्री वाहिर आउने वललाई एक हातले क्याच गर्ने दर्शकलाई ३ सय र दुवै हातले क्याच गर्नेलाई १ सय ५० नगद पुरस्कार प्रदान गरिने नगर खेलकुद विकाश समितिका अध्यक्ष लिम्वुले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…