• मंगलबार दिउँसोको समय । मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित उर्लाबारी पार्टी प्यालेसमा तामाङ समुदायको सोनाम ल्होछारको शूभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । तार्किक बहस गरेर चर्चामा आएका मुकुन्द घिमिरे (मुकुन्दे) एक्कासी कार्यक्रमको दर्शक दिर्घामा देखिए । कार्यक्रम चलिरहेको थियो ।

    नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीले आयोजना गरेको सो कार्यक्रमका उद्घोष राजकुमार योञ्जनले सबै पत्रकारहरुलाई मञ्च अगाडीको कुर्सीमा बसिदिन आह्वान गरे । पत्रकार किशोर श्रेष्ठसँगै रहेका मुकुन्देलाई पत्रकार श्रेष्ठले जाउँ दाई भन्दै अगाडी जान अनुरोध गरे । मुकुन्दे पनि पत्रकारसँगै पत्रकारको स्थानमा बसे । एकछिनमा उद्घोषले भने – मुकुन्द ल्याण्डका अभियान्ता श्री मुकुन्द घिमिरे ज्युलाई म अतिथीको आशण गरिदिनु हुन आग्रह गर्दछु ।


    एकछिन त मुकुन्देले मञ्चमा जान आनाकानी गरिरहेका थिए । तर पत्रकार श्रेष्ठको आग्रहमा मुकुन्दे मञ्चमा गए । मञ्चमा जाने बित्तिकै उनको भेट भयो उर्लाबारीका मेयर खड्गबहादुर फागोसँग । मुकुन्देले मेयर फागोलाई नमस्कार गरे । मेयर फागोले पनि नमस्कार फर्काए र आफुसँगै एकछिन बस्न मेयर फागोले संकेत गरे ।

    त्यसपछी करिब १० मिनेटसम्म मेयर फागो र मुकुन्देबीच निकै राम्रो भलाकुसारी भयो । मेयर फागोसँगको कुराकानीपछि केही समयमा मुकुन्दे अतिथी बस्ने पछिल्लो कुर्सीमा आशन गर्न गए । मुकुन्देले करिब एक घण्टा सो कार्यक्रममा बिताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…