• मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत मंगलवार भएको खेलमा होलीबेल अंग्रेजी मावि, धुलावारी मावि र पशुपति मावि विजयी भएका छन् । खेल तालिका अनुसार होलीबेल र धुलावारी मावि सेमीफाइनलमा प्रवेश गरेका छन् । भने पशुपति मावि क्वाटर फाइनलमा प्रवेश गरेकोछ ।
    बलभद्र आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा धुलावारी माविले बालविकास आधारभूत विद्यालयलाई २–० को गोल अन्तरले पराजित गरेको छ । जितका लागि धुलावारीका धिरज खवास र सनम राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालविकासका अर्जुन राई भए ।
    दोस्रो खेलमा होलीबेलले दोकानडाँडा बोडिङ स्कुललाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । होलीबेलका धिरज श्रेष्ठले ह्याट्रिक गरे भने पासाङ तामाङले १ गोल गरेका छन् । पासाङले टाइब्रेकरमा गोल गरेका थिए । दोकानडाँडाले होलीबेल माथि फल्ड गरेपछि होलीबेलले टाइब्रेकरको मौका पाएको थियो । खेलको म्यान अफ द म्याच होलीबेलका धिरज श्रेष्ठ भए ।
    यसैगरी तेस्रो खेलमा पशुपतिले जनज्योति आधारभूत विद्यालयलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जितका लागि पशुपतिका निशान श्रेष्ठले ३ नै गोल फ्रिककमा गरेका थिए भने निमा तामाङले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपति माविका निशान श्रेष्ठ भएका आयोजक समितिका सदस्य किरण राईले बताए ।
    बुधबारको पहिलो खेल काँकरभिट्टा मावि र पशुपति मावि तथा दोस्रो खेल अरुणोदय अंग्रेजी मावि र इष्ट होराइजनबिच अन्तिम क्वाटर फाइनलका खेल हुने आयोजक समितिका सदस्य रञ्जु थापा मगरले बताए । बताउनु भयो । सदस्य  मगरका अनुसार बुधवार विजेता हुने सामुदायिक विद्यालयले धुलावारी मावि र निजी विद्यालयले होलीबेल अंग्रेजी स्कुलसँग बिहिवार सेमीफाइनलमा आमनेसामने हुनेछन् ।
    २५ गते हुने फाइनल खेलको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार तथा तेस्रो हुनेले नगद ५ हजार प्राप्त गर्नेछन् । तेस्रो उपाधीका लागि सेमीफाइनलमा उपविजेता हुने टिमबिच प्रतिस्पर्धा हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…