• कुमार खड्का माघ २३ पथरी ।
    ट्युसन पढाउने वहानामा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० का १४ वर्षीय वालकले सोहि वडाकी ४ वर्षीय वालिकालाई बलात्कार गरेको घटना सार्वजानिक भएको छ ।
    गत माघ १९ गते शनिवार स्थानिय मुनाल चौककी वालिकालाई ट्युशन पठाउने बहानामा बलात्कार गरेको जाहेरी इलाका प्रहरी कार्यालय पथरीमा परे सगै यो घटना सर्वाजानिक भएको हो ।
    वालीकालाई बलात्कार गरेको अभिभावहरुले देखे पछि प्रहरीमा बलात्कारको उजुरी दिएका थिए । उजुरी पछि पक्राउ परेका आरोपितलाई कानुनी कारवाही अघि बढाएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बंजगाईले बताए ।
    त्यसैगरी सोहि वाडा मै रहेको भुटानी शरणार्थी शिविर सेक्टर डि.टु छाप्रा नं. ४७ का सुनार बुढा भनिने ५६ वर्षीय मनबहादुर सुनारले अर्की बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
    १४ बर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा माघ ८ गते प्रहरीले सुनारलाई पक्राउ गरेको थियो । सुनारकै घरको वाटो भई विद्यालय जाने क्रममा क्रममा वालिकालाई सुनारले लागाई फकाई पटक पटक करणी गरेको प्रहरीमा उनले वयान प्रमुख वजगाईले बताए ।
    शिविरको विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिकाको पेटमा गर्भ रहेको थाहा पाएपछि सुनारले गर्भ तुहाउने औषधि चक्की खुवाउदा बालिकालाई रक्तश्राप भएपछि सोको वारेमा खेजीनिति हुदा यस्तो रहस्य वाहिर आएको हो ।
    रक्तश्राप भए पछि वालिकाको स्वास्थ्य जाच गराउन हस्पिटल भर्ना गरिएको थियो हस्पीटलको स्वाथ्य रोर्पोटका आधारमा वालीका गर्भवति भएको र गर्भ तुहाउने औषधी सेवनका कारण रक्तश्राव भएको रिर्पोट आएको थियो ।
    सुनार नेपालमा लागुऔषध कारोबारमा १५ बर्ष जेल विताएर निस्केका व्याक्ति रहेको प्रहरीको अनुसञ्धान वाट खुल्न आएको छ । त्यसैगरी भुटानमा रहदा दुई बर्ष जेल जीवन विताएको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…