काठमाडौं । नेकपामा छोडी अर्को नेकपामा सात दर्जन कार्यकर्ता प्रवेश गरेका छन् । कालिकोटमा सत्ताधारी पार्टी नेकपाका झण्डै सात दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कालीकोटमा पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
अभियानको क्रममा कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी (प्रचण्डका गठबन्धनका नेता) कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेकपा नेता हितमानले अविर लगाएर स्वागत गरेका थिए । केपी (प्रचण्डका गठबन्धनका नेता) कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर दिन प्रतिदिन देशैभरी चलिरहेको छ ।