• कुमार खड्का माघ २३,पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ को शनि चौकमा गए राति अवैध काठ सहितको पिकअप भेन पक्राउ परेको छ ।
    राति करिव ११ः४५ वजेको समयमा प्रहरीले चेक जाँच गर्ने क्रममा को १ च ९३१८ नम्वरको पिक अप भेनमा अवैध रुपमा तस्करी गरि कोपोखरीको जंगलवाट ल्याउदै गरेको ३ वटा सालको गोलिया , गाडी र चालक सहित प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले वताए ।


    पक्राउ पर्ने हरुमा गाडि चालक झापा जिल्ला दमक नगरपालिका वडा नम्वर २ वस्ने वर्ष ४८ का वुद्घिमान राई, त्यसैगरि अन्य ७ जना मोरङ जिल्ला मिक्लाजुङ गाउपालिका वडा नम्वर ५ वस्ने वर्ष ३२ का बल वहादुर राई,सोहि वडा वस्ने वर्ष २६ का बालकृष्ण भट्टराई,वर्ष २० का जनम राई,वर्ष २४ का संन्दिप राई, वर्ष ३१ का शेर वहादुर राई,वर्ष २५ का जनक राई,वर्ष ३३ का श्रवण राई रहेको प्रहरीले जनाएको छ ।
    प्रहरी प्रमुख वजगाईको नेतृत्वमा रहेको प्रहरी टोलीले सो गाडी वाट रुख कटानमा प्रयोग गरिने आरा ३ थान ४ थान लक्डी उठाउन प्रयोग गरिने काठको गल, १ थान फलामको झम्फल ,४ थान खुकुरी,समलग्न व्याक्तिहरुले प्रयोग गर्ने गरेको १० थान मोवाईल फोन र आरामा प्रयोग गरिने ६ थान रेति समेत वरामद गरेको वजगाईले बताए ।
    प्रहरीले नियन्त्रणमा लिएको गाडी सहित आवश्यक कानुनी कार्वाहिका लागि सव–डिभिजन वन कार्यालय वेलवारीलाई वुझाएको छ भने अनुसञ्धानका क्रममा रहेकाले गाडी मालिकको पहिचान हुन वाकी रहेको वताएको छ ।
    चेकजाचका क्रममा वरामद भएको गोलिया ५३ किवि रहेको र पक्राउ परेका सवै व्याक्तिहरुलाई वन ऐन २०४९ र वन नियमावली २०५१ अनुसार प्रतिव्याक्ति प्रति किवी १ हजार रुपैयाका दरले विगो दावि हुने तथा १ वर्ष कैद तथा दुवै कानुनी उपचार हुने व्यावस्था रहेको साहेक वन अधिकृत तथा सव –डिभिजन वन कार्यालय वेलवारीका प्रमुख शत्रु धन लालदेवि वताउछन् ।
    अवैध धन्दामा संमलग्न भएको गाडीका मालिकलाई पनि सोहि वरावरको कानुनी उपचार हुने व्यावस्था रहेको उनले बताए । धन्दामा प्रयोग भएको गाडी भने जफत हुने भएको छ ।


    लालदेविका अनुसार कानेपोखरी र लेटाङको सडक खण्डको फायर लाईन क्षेत्र पूर्वि विच जंगलमा यस अघि पनि अवैध धन्दामा समलग्न भएका केहि सवारी साधन र व्याक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कार्वाही आगाडी वढाई सकेको र अहिले पनि कुनै वन समुहवाट नभएर ठाडो रुख काटी विक्रि गर्न खोजेको देखिएकाले यो अवस्था हेर्दा पेशेवर रुपमानै कुनै तस्कर समुह सक्रिय रुपमा लागे जस्तो देखिएको र थप खोजी गरि अवैद्घ वन पैदावार तस्करी कसुर अन्र्तगत मुद्दा दायर हुने उनले वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…