• विराटनगर । विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन सुरु भएको छ ।
    नाटक सुरु भएदेखि नै दर्शक रोएका थिए । गुरुकुलको सुशीला कोइराला नाटकघरमा सुरु नाटक फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको श्लोक वाचन गरेर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक मञ्चनको उद्घाटन गरेका थिए । उनले साहित्य, संगीत र कलाकारिता क्षेत्रलाई महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले जस्तोसुकै कठोर मन भएको दर्शकलाई पनि मुनामदनले रुवाएर छाड्ने प्रतिक्रिया दिए । संगठनका अध्यक्ष घिमिरेले विद्यार्थी कलाकारलाई प्रोत्साहनस्वरुप ११ हजार रुपैयाँ प्रदान गरे । अहिलेको बेरोजगारी समस्यासँगै नेपाली समाजको प्रतिम्बिका रुपमा मुनामदन पुस्तुत भएको उनको कथन थियो ।
    ‘मैले त सुरुदेखि नै आँसु थाम्न सकिँन,” खोटाङ हलेसी नगरपालिकाकी उपमेयर विमला राईले भनिन्, ‘यस्तो नाटक त कहिल्यै पनि हेरेको थिइन् ।” उद्योगी नन्दकिशोर राठीले पनि नाटकले आँसु झार्न बाध्य बनाएको बताए । युवासाहित्यकार कट्वाल दीपकले नाट्य रुपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गरेका हुन् । विराट आदर्श साहित्य मञ्चनको आयोजना सुरु भएको नाटकमा लकेश लम्साल, सरु कटवाल, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, जीविका लिम्बू, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले अभिनय गरेका छन् । नाटकका सबै कलाकार विद्यार्थी हुन् । मञ्चले युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको अध्यक्ष कट्वाल दीपकले जानकारी गराए । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । यसअघि पनि यो नाटक आरोहण गुरुकुल, काठमाडौंको शिल्पी थिएटर र विराटचोकमा मञ्चन भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…