• मेचीनगर । बेलायतको फोक्टन सिटिका पुर्व काउन्सिलर धन गुरुङ किरण आफ्नो गृह नगर काकरभिट्टामा साँगितिक प्रस्तुती लिएर आउने भएका छन ।
    काकरभिट्टा घर भएका गुरुङ बेलायती सेनाको जागिरे जीवन पछि बेलायतमा नै राजनितिक जीवनमा सक्रिय हुनुहुन्छ । बेलायतको फोक्टन सिटिका पुर्व काउन्सिलर गुरुङ बेलायतमा पहिलो नेपाली काउन्सिलर पनि हुन ।

    बिद्यालय उमेरदेखी नै संगीतका पारखी गुरुङ आगामी फागुन ३ गते काकरभिट्टामा सांगितिक प्रस्तुती लिएर आउने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । काकरभिट्टा स्थीत धन गुरुङको घरमा नै आयोजित पत्रकार सम्मेलनमा गुरुङले आफु ३३ बर्ष पछि गायकका रुपमा आफ्नो ठाउँमा उभिन लागेको बताउनु भयो ।
    गोर्खा सांगितिक साँझ नाम दिएको उक्त कार्यक्रममा गुरुङसंगै नेपालका चर्चित हास्य कलाकार मानोज गजुरेल र अहिलेकी चर्चित गायिका मेलिना राईलाई पनि स्टेजमा देख्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

    गोर्खा मेमोरियल फाउण्डेसन नेपाल र काकरभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा हुन लागेको गोर्खा साँगितिक साँझबाट संकलित रकम मेचीनगरको स्वास्थ्य, शिक्षा र खेलकुदमा खर्च गरिने भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
    आम मानिसलाई पनि उक्त सांगितिक कार्यक्रम हेर्न सजिलो होस भनेर रु १०० को टिकट मात्र राखिएको र बिशेष सहयोगिहरुका लागि डोनर कार्डको ब्यवस्था समेत गरिएको अर्को आयोजक संस्था गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष नगेन्द्र गुरुङले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…