• मेचीनगर । द गोर्खा मेमोरियल फण्ड बेलायतले झापाको मेचीनगर नगरपालिकालाई करिव १५ लाख रुपैयाँ मुल्य बराबरका अग्नि नियन्त्रणका आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङसहित वेलायतका बाट आएका अग्नि नियन्त्रण विशेषज्ञ टोलीले ती सामान बुधबार एक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो । मेचीनगर—६ काँकरभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपाली मुलका पहिलो काउन्सिर समेत हुन् ।
    गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहल र मेचीनगर नगरपालिकाको आग्रहमा ती सामान प्रदान गरिएको हो । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्व काउन्सिलर गुरुङ नेतृत्वको टोलीले नगरप्रमुख विमल आचार्यसहितको टोलीलाई सामान हस्तान्तरण गरेको थियो । गुरुङसहित वेलायतका अग्नि नियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रीट समेत नेपाल आएका छन् ।

    कार्यक्रममा नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्व काउन्सिलर गुरुङ, अग्नि विपद व्यवस्थापन विशेषज्ञ जोन मोनाहाङलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले गर्नुभएको थियो ।

    उनै पुर्व काउन्सिलर गुरुङको सक्रियता तथा द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत एउटा टाटा कम्पनिको सुमो एम्बुलेन्स मेचीनगर नगरपालिकालाई प्राप्त भएको थियो । यस अघि पूर्व काउन्सिलर गुरुङ्गकै पहलमा औषधि र अन्य उद्दारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।
    उनले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधाबाटैबाट फर्किएको थियो । केही महिनाअघि काँकरभिट्टा माविका लागि उनै किरणले २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान मात्र गरेनन् २ वर्ष सम्म प्राविधिक सहयोग उपलब्ध गराउने समेत घोषणा गरे । आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको समेत उनले नामाकरण गरे । उनले नेपालको शिक्षा क्षेत्रमा निक्कै योगदान पुर्याएका छन् । झापाका पूर्वाेत्तर तथा दक्षिणीक्षेत्रमा प्रायः विद्यालयमा उनको भवन निर्माण, घेरावार, शौचालय निर्माणमा निक्कै ठुलो योगदान छ । यस्ता अभियानलाई देशव्यापी बनाउने र तत्काल रोल्पाको थवाङ गाउँमा कम्प्युटर दिने योजना अन्तिम चरणमा पुगेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…