• तेजन खड्का

    दमक । पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत तथा सम्मान गर्न नपाउँदा उनका कार्यकर्ता तथा शुभेच्छुक निराश भएर घर फर्किएर छन् ।
    झापाको दमकस्थित चियाबगानमा स्वागत गर्न फूलमाला र खदा लिएर लाम लागेका कार्यकताहरुलाई शाहले भेट नदिई सिंधै दमकको दरवार हुईकिएका थिए । पार्टीका प्रदेश नं. १ का अध्यक्ष राम थापा सहित फुलगुच्छा लिएर गेटमा बसेका थिए ।शाह आफै गाडी कुदाएर सुरक्षा व्यवस्था सहित दमक आएका थिए । यद्यपि, ज्ञानेन्द्रले हात भने गाडीबाट नै हल्लाएका थिए । ज्ञानेन्द्रलाई स्वागत गर्न ल्याएका फूल बाटैमा फालेर कार्यकर्ताहरु हिडेका थिए । स्वागत गर्न नपाएपछि निराशा हुँदै राप्रपाका कार्यकर्ताहरु भन्दै थिए, यत्रो बेर उहाँको सम्मानको लागि कुरेर बस्यौ, उहाँले बास्तै गर्नुभएन । अब यो फुल के गर्ने हामी जाने कि बस्ने ।

    भेट दिएको भए के बिग्रीन्थियो ?
    पूर्व राजाप्रति सद्भाव भएपनि स्वागत गर्न नपाएकोमा दुख लागेको एक युवाले बताए ।
    केहि बेरपछि दरवारमै गएर फूलमाला दिने कुराभएपनि शाहको व्यस्तता र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह अस्वस्थ भएको खबर आएपछि कार्यकर्ताहरु लाखापाखा भएका थिए । उर्लाबारीका पूर्ण वाईवाले भने केहि फूल भेला पारेर दरवारको गेटमा लगेर सुरक्षाकर्मीलाई छोडिदिएका थिए ।

    https://www.youtube.com/watch?v=zVhabRrNQV0&t=13s

    https://www.youtube.com/watch?time_continue=1&v=T_etHRNlOWU

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…