• मेचीनगर । पशुपति मावि आमडाँगी र इष्ट होइजन अंग्रेजी स्कुल धुलावारीले मेचीनगर ३ डाँडागाउँमा जारी प्रथम बलभद्र कप प्रतियोगितामा सेमीफाइनलको यात्रा तय गरेका छन् ।
    बलभद्र आधारभूत विद्यालयले झापा जिल्लामै पहिलो सबै भन्दा धेरै विद्यालय सहभागि गराएर आयोजना गरिएको प्रतियोगिता अन्तरगत बुधवार भएको खेलमा यी दुई टिमले सेमीफाइनलमा आफ्नो सिट सुरक्षित गरेका छन् ।
    विद्यालयको खेल मैदानमा भएको पहिलो प्रतियोगितामा पशुपतिले धुलावारी माविलाई सडनडेथमा ५–४ को गोल अन्तरले हराएको थियो । निर्धातिर समयमा गोलरहित बराबरी भएपछि मुख्य रेफ्री मनोज सुब्बाले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए । फाइनल खेलको दावेदार मानिएको काँकरभिट्टालाई टाइब्रेकरमा पशुपतिले पूर्ण विराम लगाइदिएको छ । खेलको म्यान अफ द म्याच पशुपतिका दिपक कडरिया भए । उनलाई नगर शिक्षा शाखका प्रमुख उद्धव विष्टले म्यान अफ द म्याचको मेडल प्रदान गरेका थिए ।
    यसैगरी दोस्रो खेलमा इष्ट होराइजनका अबिनाश चौधरीले अरुणोदय अंग्रेजी मावि काँकरभिट्टाका विरुद्ध खेलको इन्जुरी समयमा गरेको निर्णायक गोलले सेमीफाइनलको बाटो खुल्ला गरेको छ । चौधरीले मैदानको मध्य भागबाट प्रहार गरेको बलले सोझै जाली चुमेको थियो । प्रतियोगिता अन्तरगत निजी विद्यालयतर्फका यी दुई टिम फाइनल खेलका दावेदार मानिएका थिए । जसमा होराइजनले अरुणोदयलाई घर पठाएको छ । खेलका म्यान अफ द म्याच होराइजनका अभिनाष चौधरी भए । उनलाई स्रोत व्यक्ति लोकबहादुर दाहालले म्यान अफ द म्यानको मेडल प्रदान गरे ।
    प्रतियोगिता अन्तरगत बिहिवार हुने पहिलो सेमीफाइन खेल धुलावारी मावि र पशुपति मावि तथा दोस्रो सेमीफाइनल खेल होलीबेल र इष्ट होराइजन अंग्रेजी माविबिच हुने आयोजक समितिका सदस्य हेमन्त बस्नेतले बताए । उनका अनुसार सेमीफाइनल खेलमा पराजित हुने टिमले बिहिवार नै तेस्रो उपाधीका लागि भिड्ने छन् ।
    मेचीनगरका १८ वटा निजी र २२ वटा सामुदायिक विद्यालय सहभागि भएको खेलको फाइनल खेल २५ गते शुक्रवार हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद २५ हजारको चेक, मेडल, ट्रफ्री, र प्रमाण पत्र पाउनेछन् । उपविजेता टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद ५ हजार पाउने आयोजक समितिका सदस्य किरण राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…