• काठमाडौं । सर्वोच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल विरुद्ध परेको मुद्दामा परमादेश जारी गरेको छ ।

    उठ्ला त एनसेलको राजस्व ? बुधबार प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा सहितको ५ सदस्यीय बृहद् इजलासले एनसेल र एक्जियटाबाट कर उठाउन परमादेश जारी गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण इजलासले एनसेलको लाभांश कर नेपाल सरकारलाई तिर्नुपर्ने फैसला गरेको हो।

    झण्डै एकसातासम्म भएको सुनुवाईपछि अदालतको फैसला आएको हो । एनसेलले कर तिर्नुपर्छ भन्ने पक्षबाट फैसला गर्ने कानून व्यवसायी एवं निवेदक समेत रहेका द्वारिकानाथ ढुङ्गेल लगायत थिए । एनसेलका तर्फबाट अधिवक्ता भावेष गौतम सहितका कानुन व्यवसायीले बहस गरेका थिए ।

    नेपालमा मात्रै एनसेलले स्थापनाको १५ वर्षमा ५७ अर्ब ७२ करोड ८० लाख रुपैयाँ पु¥याएर कारोबार गरेको थियो। पटक पटक कारोबार गर्दै आएको एनसेल फेरि पनि विक्री हुने तयारीमा रहेको बुझिन आएको छ ।

    तर, दश करोड रुपैयाँ पुँजी लगानी गरेर सुरु गरेको कम्पनीले १५ वर्षमा ५७ अर्ब रुपैयाँको मूल्य पुर्‍याउँदा पनि उसले पुँजीगत लाभकर बापतको कर नतिरेको भन्दै तीब्र विरोध र आलोचना हुँदै आएको थियो ।

    गत विहीबारदेखि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको थियो । पहिले कर तिर्नुपर्ने कि नपर्ने र तिरेपनि कति कर तिर्नुपर्ने ? भन्नेमा विवाद भएको एनसेलको मुद्दामा कसैले विक्री गरेर स्वदेश फर्किसकेको टेलिया सोनेराले नै कर तिर्नुपर्ने भनेर बहस गरेका थिए थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…