• कुमार खड्का माघ २४,पथरी ।
    मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे सुन्दरी प्रतियोगिता हुने भएको छ ।
    मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा आयोजना हुन लागेको हो ।
    सो प्रतियोगितको पहिलो अडिसन आगमी चैत्र १ गते हुने भएको छ भने त्यसपछि अडिसन वाट छनौट भएका प्रतिष्पर्धी हरुलाई २५ दिनको वन्द प्रशिक्षण पश्चात आगामी नया वर्ष २०७६ को पहिलो सातामा ग्य्रान्ड फिनाले आयोना गरिने विहिवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
    नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ ।
    त्यसै गरि प्रतियोगितामा प्रथम, द्वितीय , तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताईएको छ ।
    अन्य छिमेकी नगरपालिकाहरुले यस प्रकारको प्रतिस्पर्धाको आयोजना गरिसकेको अवस्थामा पथरिमा यो प्रतियोगीता आयोजना गर्नु अपरिहार्य रहेको महशुस गर्दै विविध चुनौतिका बावजुद यो प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक सन्तोष राईले बताए ।
    फरक बिचार र नया स्वादका साथ पथरी वाट राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा प्रतिनिधित्व गराउने हिसावले प्रतियोगिता आयोजना गर्न लागिएकोे साथै मिस पथरीकी विजेतालाई सोझै मिस पूर्वाअञ्चल मा सहभागि गराउने वाटो खुल्ला गर्न पनि प्रतियोगिताको आयोजना गर्न लागिएका आयोजक समुहका टिकेन्द्र लिवाङ्गले बताए ।
    पथरीशनिश्चरे नगरबाट राष्ट्रियस्तरको कुनै पनि ब्युटी प्रिजेन्टमा प्रतिनिधित्व नभइ रहेको अवस्थामा यो प्रतियोगीताले त्यो खडेरीलाई चिर्न सक्ने आयोजक मध्येका सुमन कुरुङ्वाङ्गको बुझाई छ ।
    सो प्रतियोगिताबाट नगरको सुन्दरी छनौट गरिरहदा शारीरिक सौन्दर्य, आचरण , व्यक्तित्व विकाश लगायत सम्पुर्ण बिधालाई प्रमुख प्राथमिकता दिइने आयोजकले बताएको छ ।
    करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्ने भएका छन् ।
    प्रतियोगितामा सहभागि हुन चाहाने प्रतियोगिहरुले प्रतियोगिताको अफिसियल फेसबुक पेज मिस पथरीशनिश्चरे २०१९ मा समपर्क गर्न सकिने आयोजकले बताएको छ ।
    सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा माउन्ट एभरेष्ट ईन्टरटेन्मेन्टको स्थानिय आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विहिवार वाटै आवेदन फारम खुल्ला गरिएको र फर्म शुल्क ५ सय रहेको छ भने अडिसन स्थानिय सिन भिलेज पार्टी प्यालेसमा हुने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…