• मेचीनगर । धुलावारी मावि र इष्ट होराइजन मावि धुलावारी मेचीनगर ३ डाँडागाउँमा जारी प्रथम बलभद्र कप फुटबल प्रतियोगितामा प्रवेश गरेको छन् ।
    शुक्रवार हुने प्रतियोगिताको फाइनल खेलको उपाधीका लागि धुलावारी र इष्ट होराइजन एक अर्कामा भिड्ने छन् ।
    बलभद्र आधारभूत विद्यालयको आयोजनामा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको पहिलो सेमीफाइनल खेलमा पशुपति मावि आमडाँगीलाई १–० गोल अन्तरले हराउँदै धुलावारीले फाइनल खेलको यात्रा सुरक्षित गरेको हो । जितका लागि खेलका म्यान अफ द म्याच धुलावारीका युवराज खवासले निर्णायक गोल गर्दै आफ्नो टिमको अपराजित यात्रालाई कायम राखेका थिए । धुलावारीले बालविकास आधारभूत विद्यालय र पशुपतिले काँकरभिट्टा माविलाई हराउँदै सेमीफाइनलमा पुगेको थिए ।
    यसैगरी, दोस्रो खेलमा इष्ट होराइजन माविले होलीबेललाई टाइब्रकेरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । २ गोलले पछि परेको होराइजनले खेलको अन्तिम ६ मिनेटमा खेललाई बराबरी बनाउँदै टाइब्रेकरमा नजिता आफ्नो पोल्टामा पार्न सफल भएको थियो । टाइब्रेकरमा होराइजन भाग्यमानी सावित बन्दै फाइनलमा पुग्न सफल भएको छ ।
    निर्धारित सयममा होलीबेलका धिरज श्रेष्ठले २ गोल गरेका थिए भने होराइजनका प्रविन ग्वाला र अरुण मेचेले अन्तिम समयमा १–१ गोल गरेका थिए । खेलको म्यान आफ द म्याच होराइजनका अरुण मेचे भए ।
    यसैगरी तेस्रो उपाधीका लागि बिहिवार नै भएको खेलमा पशुपति मावि आमडाँगीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै होलीबले अंग्रेजी मावि धुलावारीले तेस्रो उपाधी जितेको छ । तेस्रो हुने टिमले नगद ५ हजार र प्रमाण पत्र पाउने छ । पुरस्कार फाइनल खेलमा वितरण गरिने आयोजक समितिका सदस्य दिपेश दासले बताए । तेस्रो खेलको म्यान अफ द म्याच होलीबेलको गोलरक्षक विपिन चौधरी भए ।
    प्रतियोगिताको फाइनल खेल शुक्रवार दिउँसो साढे ११ बजेबाट हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार पाउने छ । प्रतियोगितामा मेचीनगरका १८ वटा निजी र २२ वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…