• राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठलाई अफिसर अफ द मन्थको अवाड
    देबु् बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठलाई वर्ष २०१९ जनवरी महिनाको नेश्नल अफिसर मन्थको अवार्ड प्रदान गरिएको छ ।
    नेपाल जेसीजले हरेक महिना नेपाल जेसीजका पदाधिकारीहरु मध्ये उत्कृष्ट एक जनालाई प्रदान गर्ने अफिसर अवार्ड जनवरीको श्रेष्ठलाई प्रदान गरिएको हो ।
    नेपाल जेसीजले बिहिवार सार्वजनिक गरेको जनवरी महिनाको अवार्ड अनुसार श्रेष्ठले पहिलो अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
    पाटन जेसीज वर्ष २०१९ का अध्यक्ष श्रेष्ठ जनकपुरमा सम्पन्न महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । क्षेत्र ‘क’ को निरुपित उपाध्यक्षको जिम्मेवारी पाउनु भएको श्रेष्ठले सुरुवातीदेखि नै आफ्नो निरुपति शाखाहरुमा पुगेर सक्रिय सहभागिता जनाउँदै आउनु भएको छ । उहाँले अवार्ड प्राप्त गरेसँगै आफ्नो फेसबुक वालमा फोटो पोष्ट गर्दै आफुलाई यो अवस्था सृजना गर्ने राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, निरुपित कार्यकारीणी उपाध्यक्ष रबिन पोखरेल, नेपाल जेसीज बोर्डका पदाधिकारीहरु, क्षेत्र क का निरुपित शाखाहरु तथा नेपालभरीका शाखाहरुलाई आभार व्यक्त गरेका छन् । सरल र सालिन स्वभावका उपाध्यक्ष श्रेष्ठलाई रातोकलम अनलाइनको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौँ ।






















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…