• देबु बानियाँ
    बाहुनडागी । तुलसीपुरनगर जेसीजले वर्ष २०१९ को जनवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
    नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थ अवार्ड’ बाट क्षेत्र ‘घ’ अन्तरगत जनवरी महिनाको उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको हो । शाखाले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा गरेको गतिविधिको आधारमा पहिलो महिनमै यस क्षेत्रबाट पोखरा लेडी जेसीजले यो अवार्ड प्राप्त गरेको छ ।
    शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘ग’ बाट उत्कृष्ट शाखाको रुपमा पोखरा लेडी जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ । यो शाखाले वर्ष २०१९ को सुरुवातीदेखि नै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । शाखाले भूकम्प दिवसमा सचेतना तथा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण लगायत आधा दर्जन विभिन्न गतिविधिहरु सञ्चालन गरेको छ ।
    शाखाले उत्कृष्ट अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष मेघराज घिमिरेले नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेललाई धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले यो अवार्डले शाखालाई थप हौषला प्राप्त भएको बताउनु भयो ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…