• रुपन्देही, २५ माघ

    प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् ।

    माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५ हजार बुझ्दै आएका थिए ।
    भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा भाडा नलिने जानकारी गराउनुभएको हो ।
    जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आउनुभएको छ । यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि सङ्कलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताउनुभयो । भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…