• दमौली, २५ माघ ९

    तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सिलाइकटाइ तालीम सञ्चालन गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा बिहीबाररदेखि कारागारभित्रै तीनमहिने सो तालीम शुरु गरिएको हो ।

    कारागार प्रमुख नारायण अधिकारीले भन्नुभयो, ‘‘ कैदीबन्दीको मागबमोजिम तालीम शुरु गरेका हौँ । तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउने अपेक्षा राखेका छौँ ।’’

    तालीमको शुरुआत गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालीमले सहयोग गर्ने बताउनुभयो ।

    गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका कामहरु कारागारमा पनि उपलब्ध गराउन छलफल भइरहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भन्नुभयो, ‘‘कारागारभित्र बस्दा खेर गइरहेको समय सदुपयोग गर्दै सिकिने सीपले आगामी दिनमा आयआर्जनको बाटोतर्फ दो¥याउने विश्वास लिएका छौँ ।’’


    प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले कारागार सजायको थलो मात्रै नभई सुधारको थलो पनि भएकाले यस्ता तालीमले कैदीबन्दीको आचरण सुधारमा समेत सहयोग पुग्ने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…