• कुमार खड्का माघ २५,पथरी ।
    प्रदेश नम्वर १ का मुख्य मन्त्रि शेरधन राईले आगमी २ वर्ष भित्रमा १ नम्वर प्रदेशलाई पूर्ण साक्षर प्रदेशका रुपमा स्थापति गराउने वताएका छन् ।
    शुक्रवार मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर ६ रमाईलोमा रहेको जनसेवा माध्यमिक विध्यालय स्थापनाको ५० औ वर्ष गाँठको उपलक्ष्यमा आयोजना गरिएको स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै राईले यस्तो वताएका हुन् ।

    स्वर्ण महोत्सवमा यस अघि सम्माननिय राष्ट्रपति आउने निश्चित भएको भएता पनि शुक्रवारको प्रतिकुल मौसमका कारण उनि आउन नसक्ने भएपछि विशिशिष्ठ अथितिका रुपमा आएका प्रदेश प्रमुख राईलाई प्रमुख अथितिका रुपमा राखिएको थियो ।
    कार्यक्रमका प्रमुख अथिति राईले प्रदेश सरकारले शिक्षामा आमुल परिवर्तन ल्याउने योजनाका साथ आगामी ३ वर्ष भित्रमा प्रदेशका सवै सामुदायिक विध्यालयलाई प्रविधिमैत्रि वनाउने लक्ष्यका साथ अग्रगामी सोचका साथ अगाडि वढेको वताए ।
    साथै राईले अवको शैक्षिक पद्घतिलाई परम्परागत रुपमा भन्दा पनि जिवनउपयोगि शैक्षिक पद्घतिको विकाश गर्दै सुखि नेपाली समृद्घ नेपालको परिकल्पनालाई सार्थक तुल्याउने खालको शैक्षिक पद्घति अवलम्वन गर्दै अगाडि वढ्ने प्रदेश सरकारको योजना रहेको उनले वताए ।
    अहिले चलिरहेको शैक्षिक पद्घतिलाई आगामि २ वर्ष सम्ममा आमुल परिवर्तन गरि दिगो विकाशको लक्ष्यलाई अङ्घीकार गर्दै सिपमुलक,जिवन उपयोगि,प्राविधिक र व्यावसायिक तालिम सहितको शिक्षा निति अवलम्वन गर्दै प्रदेश सरकार अगाडि वढ्ने योजना रहेको उनले सुनाए ।


    कार्यक्रमका विशिशिष्ट अथिति प्रदेश नम्वर १ का सामाजिक विकाश मन्त्रि जिवन घिमिरेले अहिलेको वर्तमान अवस्थामा सामुदायिक विध्यालयको गुणस्तरलाई सुधार गर्नु चुनौति पुर्ण रहकोले यस्ता चुनौतिहरुलाई चिर्दै आगामी १० वर्ष भित्रमा प्रदेश वाट झोला र कितावको प्रतिस्थापन गर्ने लक्ष्य राखि प्रदेश सरकार लागि परेको उनले वताए ।
    घिमिरेले सामुदायिक विध्यालय र निजि विध्यालय विच रहेको शिक्षण शिकाई प्रणाली विच रहेको अन्तरलाई घटाउदै आगामी ५ वर्ष भित्रमा प्रदेशका सवै सामुदायिक विध्यालयलाई ई–शिक्षण पद्घतिको रुपमा विकाश गरेर लैजाने योजना रहेको र सो लाई पुरा गरेरै छाड्ने प्रतिवद्घता जाहेर गरेका छन् ।
    १ नम्वर प्रदेशमा हाल पहाडी जिल्ला ताप्लेजुङ र संखुवासभा जिल्ला साक्षर हुन वाकी रहेको र सो लाई आगामी २ वर्ष भित्रमा सवै स्कुल जान उमेर पुगेका वालवालिका हरुलाई विध्यालय भर्ना गरि साक्षर प्रदेशका रुपमा घोषणा गर्ने प्रदेश सरकारको योजना रहेको घिमिरेले सुनाए ।
    कार्यक्रममा विध्यालय स्थापना गर्न योगदान पु¥याउने सस्थापक अध्यक्ष हरि प्रसाद अधिकारी,सस्थापक प्रधानाध्यापक नरहरी सेडाई लगाएत पूर्व विध्यालय व्यावस्थापन समितिका पदाधिकारी,पूर्व प्रधानाध्यापकहरु लगाएत विभिन्न समयमा योगदान पु¥याउने १८ जना व्याक्तिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर राईले सम्मान गरेका थिए ।

    कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्रि जगदिश प्रसाद कुसियत, प्रदेश सभा सदस्य तथा काग्रेस सचेतक सुयर्माराज राई, कानेपोखरी गाउपालिका प्रमुख तारा वहादुर काफ्ले, उप–प्रमुख राजकुमारी ईङनाम, छिमेकी पालिकाका प्रमुख तथा उप–प्रमुख स्थानिय राजनैतिक दलका प्रतिनिधी लगाएत विध्यालका पूर्व विध्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
    २०२५ सालमा स्थापना भएको विध्यालयले आफ्नो समपूर्ण ५० वर्षको ईतिहासलाई समेट्दै स्मारिका समेत प्रकाशन गरेको छ सो स्मारिकाको विमोचन मुख्य मन्त्रि राईले गरेका छन् भने । विध्यालयका पूर्व विध्यार्थीहरुको सभागितामा निर्माण भएको सरस्वतीको मुर्ति सहितको स्मारक र विध्यालय भवनको उद्घाटन पनि गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…