• माघ २६, काठमाडौं । सुनको मुल्य अहिले आकासिएको छ । शुक्रवार सुनको मुल्य प्रतितोल ६१ हजार ९९९ रहेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ७ सय ७५ रहेको छ । चुनचाँदी ब्यवसायीका अनुसार प्रतिदिन २० किलो सुन खरीद बिक्री हुने गरेको छ । सूनको मूल्य बढेको बेला हाम्रा मन्त्रीहरु को संग कति सुन छ भनेर नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणवाट सूची संकलन गरेका छौं । हेरौं को संग कति सुन रहेछ ।

    रबिन्द्र अधिकारीसंग ६० तोला

    पर्यटनमन्त्री रबिन्द्र अधिकारी सुनका सौखिन मानिन्छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख भए अनुसार पर्यटनमन्त्री अधिकारीसंग ६० तोला सुन छ भने, चाँदी ३० केजी छ । यी सबै पैत्रिक सम्पत्ति भएको उल्लेख छ ।

    सञ्चारमन्त्री गोकुल बास्कोटासंग १७ तोला सुन र ६० तोला चाँदी छ । मन्त्रि बास्कोटाले सुन श्रीमतिका माईतीले दिएको उल्लेख गरेका छन् । सञ्चारमन्त्री बास्कोटा ल्यापटका सौखिन छन् । उनले २०७२ सालमा १ लाख ८० हजारमा तीनवटा ल्यापटक खरीद गरेको विवरणमा उल्लेख छ ।

    यातायातमन्त्री रघुबीर महासेठसंग सबै भन्दा धेरै सुन छ । ५२ तोला सुनका धनी मन्त्री महासेठले २५ तोला दाईजो ल्याएका थिए भने २७ तोला पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसंग १८ तोला सुन छ विभिन्न समयमा खरिद गरेको । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलसंग नौ तोला सुन र २५ तोला चाँदी छ ।

    गृहमन्त्रीसंग ६ तोला

    गृहमन्त्री रामबहादुर थापाले आफुसंग ६ तोला सुन भएको विवरण पेश गरेका छन् । श्रीमतिको माइती र भाइहरुले दिएको उल्लेख छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग जम्मा २ तोला सुन रहेको छ । शिक्षामन्त्री गीरिराजमणी पोखरेलसँग सुन चाँदी कत्ति पनि छैन । उर्जामन्त्री वर्षामान पुन संग १५ तोला सुन र २ किलो चाँदी रहेको छ । ति सबै पुर्खौली सम्पत्ति भएको उल्लेख गरेका छन् ।

    यातायातमन्त्री रघुबीर महासेठसंग सबै भन्दा धेरै सुन छ । ५२ तोला सुनका धनी मन्त्री महासेठले २५ तोला दाईजो ल्याएका थिए भने २७ तोला पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन् । ७ वटा औंठी भएको बिबरण बुझाएका मन्त्री महासेठले सिक्री हारलगायत अन्य जवाहरत भएको उल्लेख गरेका छन् । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आफुसंग अन्दाजी ७ तोला सुन भएको उल्लेख गरेका छन् ।

    थममाया थापासंग जम्मा १ तोला

    संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसंग १० तोला सुन र १५ तोला चाँदी रहेको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवसंग १७ तोला सुन रहेको छ । उनले पनि केही पैत्रिक र केही दाईजो भएको उल्लेख गरेका छन् ।

    कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालसंग ६ तोला सुन रहेको उल्लेख गरेका छन् । महिला वालवालिका तथा जेष्ठनागरिकमन्त्री थममाया थापासंग जम्मा १ तोला सुन रहेको छ ।

    बनमन्त्री शक्तिबहादुर बस्नेतसंग सुन पाँच तोला रहेको छ भने चाँदी १० केजी रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री डा। युवराज खतिवडासंग १० तोला सुन र एक किलो चाँदी रहेको छ । खानेपानी मन्त्री विनामगरले ५ तोला सुन र १० किलो चाँदी भएको उल्लेख गरेकी छिन् । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…