• धरान,सुनसरी । मौफशलकै पुरानो तथा चर्चित बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आजबाट सुरु हुदैछ । यसैक्रममा आजको उदघाटन खेलमा संकटा क्लब काठमाडौ र मेची नेत्रालय क्लब झापा बीच खेल हुनेछ ।

    बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता नाम दिईएको प्रतियोगीताको धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आज दिउसो ३ बजे उदघाटन धरान फुटबल क्लबले जानकारी दिएको छ । खेलको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले गर्ने कार्यक्रम रहेको छ ।

    खेलका लागी ८ वटा टिम छनौट भइसकेको छ भने प्रतियोगितामा नेपाल पुलिस क्लब, क्यारुनको डल्फीन क्लब, संकटा काठमाडौं, मेची नेत्रालय क्लब झापा, साहारा क्लब पोखरा, दलहा उजीलेथिक्सट क्लब, कलकता भारतसँगै आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ ।

    गोल्डकपका लागी पूर्वतर्फ पक्की प्याराफिटमा करिब ५ हजार दर्शक अटाउने गरी बनाइएको छ भने पश्चिमतर्फ भने २ वटा सय, सय फिटको प्याराफिट समेत बनाइएको छ । जसमा २ हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्फ नै ५ सय क्षमताको भिआइपी प्याराफिट समेत तयार भइसकेको छ ।

    विगत २० बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको एक मात्र प्रतियोगिता बुढासुब्बा गोल्डकपमा यसपालिको पुरस्कार राशी बढाएर विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख प्रदान गरिने आयोजकले जनाएको छ ।

    त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृट खेलाडीलाई होण्डाको स्कुटर, हाई स्कोररलाई ३५ हजार, बेष्ट गोल किपरलाई २५ हजार, बेष्ट डिफेन्सलाई २५ हजार, बेष्ट मिडफिल्डरलाई २५ हजार, फरबार्डलाई २५ हजार र बेष्ट स्टाईगर लाई नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    धरानका एकमात्र उदयमान खेलाडीलाई समेत नगद १५ हजारले पुरस्कृत गरिने आयोजकले छ। सोही गोल्डकपमा दैनिक रुपमा टिकट काटेर खेल हेर्ने दर्शकहरुका लागी पनि लक्की ड्र मार्फत होण्डाकै नावी नामक बाईक प्रदान गरिनेछ ।

    २०५५ सालदेखि शुरु हुँदै आएको बुढासुब्बा गोल्डकपको गत सालको बिजेता थ्री स्टार क्लब भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…