• छायाचन्द्र भण्डारी,काठमाडौं । एकताको घोषणा गर्दा तत्कालिन नेता केपी ओलीले भनेका थिए एउटै जहाजका हामी दुई पाइलट अर्थात ‘एउटै जेटको जोर पाइलट’।



     



    जहाजका यात्रुलाई सिट नतोकीए पनि यात्रा घन्चमन्च घचेटिएकै थियो ।



     



    तर पछिल्लो समय उकुस - मुकुस बाहिरिएको छ । एउटै जहाजका दुई पाइलट नेकपाका दुई अध्यक्ष : एउटा सरकार हाक्ने केपी ओली ,अर्को सरकारसँग असन्तुष्ट हुने प्रचण्ड !



     



    किन चाहियो प्रतिपक्ष ? प्रतिपक्षको भुमिका घरमै भएपछि ।



     



    राजनीतिमा चासो राख्नेहरुले खुलेर बहस गर्न थालेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड गर्जिए पछि सोही पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली तनावमा परेका छन् ।



     



    वाग्मती सफाई अभियानको ३०० औं हप्ता आज शनिबारीय कार्यक्रममा प्रधानमन्त्री ओली जाने तय भएको थियो ।



     



    स्वास्थ्यमा समस्या भएकाले जान नसकेको भनिए पनि कोर गु्रपसँग प्रचण्डका बारेमा छलफल चलाएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्ष अर्थात आफ्नै दलले सकस त पार्ने होइन चर्चा चुलिएको छ ।



     



    दुई तिहाईको बलियो राजसिंहासनमा बसेका प्रधानमन्त्री केपी ओलीलाई भेनेजुयला प्रकरणले हम्मे हम्मे पारेको छ । थकित गराएको छ । कसरी सेफ ल्यान्डिंग गर्ने तनाव बढाएको छ ।



     



     



    प्रतिपक्षी दलसँग त केही पनि डर थिएन । तर, अहिले सत्तारुढ त्यो पनि आफ्नै दलबाट समेत अनाहेको बोझ थुप्रिएसँगै चिन्ता बढेको हो । नेकपाकै अर्का अध्यक्षबाट असन्तुष्टिहरु आउन थालेपछि भने ओली माथि समेत दबाब सुरु भएको विश्लेषण गर्न थालिएको छ ।



     



    ओली र प्रचण्डबीचको सम्बन्ध चिसिनुको प्रमुख कारण हो भेनेजुयला प्रकरण । तर, सत्तारुढ दलले नै यस्तो धम्की दिँदै गर्दा र भेनेजुयलाको विषयमा सरकारलाई अफ्टेरोमा पार्ने प्रयास गर्ने अध्यक्ष प्रचण्डलाई ओलीले कसरी व्यवस्थापन गरि टुंगोमा पुर्याउलान ?



     



    फरक विचार र फरक सिद्धान्तकै कारण पार्टी एक ढिक्का गर्न सकस परिरहेका बेला भेनेजुयला प्रकरणले थप दिग्दारी बनाएको हो ।



     



     



    नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न नपाउँदै अध्यक्ष द्धयवीचको सम्बन्धमा यती ठुला अन्तराष्ट्रिय स्तरको उतारचढाव देखिनु उपयुक्त पक्कै होइन ।



     



    प्रधानमन्त्री ओली देश बाहिर रहेको अवस्थामा प्रचण्डले भेनेजुयलामा जारी राजनीतिक संकटबारे अमेरिकी हस्तक्षेप अस्विकार्य भन्दै कडा निन्दा गरेका थिए । यो सँगै प्रचण्डले शान्ति सम्झौता विपरित कदम चालिएको त होइन भन्दै आशंका बढाएकाछन् । प्रचण्डको आक्रोश बढेको छ ।



     



    एउटै जहाजका दुई पाइलट दुई तिर हाक्किएको प्रस्टै भएको छ । प्रचण्डले त देश फेरि द्वन्द्वमा फस्न सक्ने खुलेआम चेतावनी दिए । उनको भाषण कडा छ । भाषणमा ठुलै कुन्तुरो लुकेको लख काटिएको छ । सरकारमा समेत असर पर्ने देखिन्छ । भाषण नाम नजोडिकन ओली लक्षित थियो।



     



    प्रचण्डको वक्तव्यबाट अमेरिकाभन्दा पहिले ओली नै बिच्किए । त्यो घटना क्रमले उल्लेख गर्छ । उनी देश बाहिर रहेको अवस्थामा प्रचण्डले पार्टीका शीर्ष नेता माधवकुमार नेपाल लगायतका नेताहरुसँगको परामर्शमा नै वक्तव्य जारी गरेको बताएपछि एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेता नेपालले नेताहरुले सुजबुझ नअनाएको उल्लेख गरेका थिए ।



     



    यसले पनि के अनुमान लगाउन सकिन्छ भने ओलीविरुद्ध मोर्चाबन्दी कस्न प्रचण्डलाई यो वक्तव्य नै अस्त्र बनाउने थियो की ? भित्री रुपमा ओलीसँग असन्तुष्ट नेता झलनाथ खनाल र वामदेव गौतमपनि प्रचण्डकै पक्षमा खटिएकाछन् । ओलीसँग दोस्रो तहका केहि नेताहरुछन् ।



     



    पार्टीको सचिवालय बैठकमा समेत प्रचण्डको वक्तव्यलाई नै सही भनियो । ब्यक्ती बोलेर कुनै अर्थ छैन भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई लक्षितगरि गर्जिए ।



     



    उता, यो उक्त अडान कायमै रहेको कुरा मिडियामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यता, नेपाल सरकारले आयोजना गरेको कुटनीतिक ब्रिफ अेमेरिकी राजदुत र्याण्डी डब्लु बेरीले बहिष्कार गरिन ।



     



    तर, नेकपाको यस्तो अडान लिने निर्णय भएको दुई दिन बित्न नपाउँदै प्रधानमन्त्री ओलीले फेरी यो विषयलाई कोट्याए । त्रुटी भएकै हो भनिदिए । त्यो पनि नेपालका लागि अमेरिकी बेरीसँगको भेटपछि ।



     



    अमेरिकाका लागि नेपाली राजदुत डा। अर्जुन कार्कीलाई पनि अमेरिकाले स्पष्टीकरण सोधेका खबरहरु बाहिर आएका थिए । प्रधानमन्त्रीले आँफै राजदुत बेरीसँग भेट्न चाहे ।



     



    र, बालुवाटारमा भेटवार्ता पनि भयो । उक्त भेटवार्तामा ओलीले प्रचण्डको वक्तव्यमा ‘स्लिप’ भएकै हो भन्ने आशयको अभिव्यक्ति दिएको कुरा बाहिर आयो । त्यसपछि यो ईस्युले फेरी नेकपाभित्र ओली र प्रचण्डबीचको सम्बन्धमा फराकिलोपन देखियो ।



     



    त्यसो त एकअन्तर्वार्तामा पनि स्वयम प्रधानमन्त्री ओलीले आफू त्यतिवेला नेपालमा भएको भए यस्तो खालको वक्तव्य आउने थिएन भनेर प्रचण्डको खिल्ली उडाइ दिए । एउटै पार्टी एउटै पद । एकले अर्कालाई नमान्ने । कसरी चल्छ रथ टिका टिप्पणी बढेको छ ।



     



    यसरी प्रधानमन्त्री ओली ले सार्वजनिक रुपमै प्रचण्डको उक्त कदमबारे आपत्ति जनाए । प्रचण्ड बिच्किएकाछन् । समाल्न गाह्रो छ । यही प्रकरणबाट चर्किएको हाँडी जोड्न त्यती सहज भने पक्कै छैन् । प्रचण्ड पाए सम्म आफै सरकारको नेतृत्व गर्ने कसरतमा समेत रहेको स्रोत बताउँछ ।



     



    उनले बिहिबार मात्रै चितवनको भरतपुर विमास्थलमै आफू भेनेजुयला प्रकरणमा पुर्ववर्ती अडानमै कटिवद्ध रहेको र पार्टी र परराष्ट्र मन्त्रालयले पनि स्पष्टसँग आफ्नै लाईनमा वक्तव्य जारी गरिसकेको भन्दै अब व्यक्तिले भनेर कुनै अर्थ नराख्ने अभिव्यक्ति दिए ।



     



    त्यसैगरि, हिजो शुक्रबार पनि प्रचण्डले झनै आक्रामक अभिव्यक्ति दिए । माओवादीलाई सिध्याईयो भनेर सोचे गम्भिर भुल हुने भन्दै थर्काए । त्यस्तो नसोचे हुन्छ उनले चेतावनी दिए ।



     



    उनले शान्ति सम्झौता र संविधानको मर्म, भावनाअनुसार ऐन बनाएर कार्यान्वयन नगरे अर्को माओबादी जन्मने चेतावनी दिएका छन्।



     



    माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्णु हुने बताएका प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।



     



    प्रचण्ड भने, ‘माओबादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओबादी जन्मिन्छ, झन् ठूलो लँडाइ हुने खतरा आउँछ।’



     



    फेरि माओबादी जन्मिए हिजोजस्तो गिरिजाप्रसाद कोइराला र आफूले सजिलैसँग १२ बुँदे समझदारी, शान्ति सम्झौतामा हस्ताक्षर र देशलाई युगान्तकारी परिवर्तनमा लाने काम नहुन पनि सक्ने सम्मको भनाई थियो । उनले विप्लव ठिक हुन सक्ने भन्ने खोजेको अड्कल काटिएको छ ।



     



    प्रचण्डको अभिव्यक्तिले पुर्व एमालेभित्र ठूलो भुकम्प ल्याएको छ । प्रचण्डले सबै कदम सोचेर नै चालेको भन्दै पुर्व एनेकपाहरु एकृकीत भएका छन् ।



     



    नेकपाका एक नेता भन्छन्, पार्टी भित्र आफ्नो पक्षलाई सम्मानजनक हैसियत नदिइएको र राजनीतिक नियुक्तिमा समेत प्रधानमन्त्री ओलीले आफ्ना लाई समेट्ने अर्थात भर्ति गर्न थाले ।



     



    अहिले प्रचण्ड पनि केपी ओली प्रति सशंकित मात्रै होईन आक्रोशित भएका छन् । newsabhiyan

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…