• उर्लाबारी । गरिबीको चपेटामुनी रहेर उच्च शिक्षा हासिल गर्न कठिनाई व्यहोरिरहेका धिमाल समूदायका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।



    शनिबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालको सभाहलमा एक कार्यक्रम गरी तीन जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रबृत्ति रकम प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा उर्लाबारीका सुरेश धिमाल, बेलबारीकी रविना धिमाल र विर्तामोडकी अनुपा धिमाल रहेका छन् ।



     



    धिमाल जातिय विकास केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद धिमाल (बाङ्गाई) को प्रमुख आतिथ्यतामा भएको छात्रबृत्ति वितरण कार्यक्रम समितिका संयोजक केदार धिमालको सभापतित्वमा भएको थियो । गत बर्षदेखि छात्रबृत्ति वितरण कार्यक्रम सुरु भएको समितिका सदस्य विजय धिमालले जानकारी दिए । छात्रवृत्ति कोषमा ३ लाख रुपैयाँ जम्मा भएको र सोही रकमको ब्याजबाट छात्रवृत्ति वितरण गर्दै आएको संयोजक केदार धिमालले बताए । छात्रबृत्ति कोषमा १ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । छात्रबृति वितरण कार्यक्रममा धिमाल जातीय विकास केन्द्र उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमाललगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन समितिका सदस्य मात्रिका धिमालले गरेका थिए ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…