उर्लाबारी — दुवै मृगौलाले काम गर्न छाडेपछि सिकिस्त बनेकी मोरङ्को उर्लावारी-३ की १३ वर्षीया रेश्मा शेर्माको उपचारका लागि हङकङमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।
उनीहरुले स्थापना गरेको याउ मा तेई सहयोगी समाज मार्फत् रेश्माको उपचारका लागि नगद २ लाख सहयोग पठाएका छन्।हङ्कङ्मै रहेका स्थानीय राजकुमार लिम्बूको पहलमा उक्त रकम शेर्माको उपचारका लागि पठाइएको हो।
सन् २०१८ मा स्थापना गरिएको उक्त संस्थाले असाहय,गरिब,पीडित वर्गहरुलाई सहयोग गर्दै आएको संस्थाकी कोषाध्क्ष मनु लिम्बूले जानकारी दिईन्।
खर्च अभावका कारण रेश्माको मृगौला प्रत्यारोपण हुन पाइरहेको छैन। रेश्मालाई उनकी आमाले मृगौला दान गर्ने भएकी छन्।