• माघ २६, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको चिनारी अग्रेजी बोर्डिङ स्कुलले आफ्नो ९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
    शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयले सो कार्यक्रम समपन्न गरेको हो । आयोजित कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।


    विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले कक्षा कक्षा नर्सरी देखी कक्षा ८ सम्मका विद्यार्थीहरुमा कक्षा नर्सरीका विद्यार्थीलाई वेलुन रेस, युकेजी का छात्रालाई भित्र वाहिर,कक्षा युकेजीकै छात्रलाई चकलेट रेस,कक्षा १ का छात्रा तर्फ भित्र वाहिर र भ्यागुते जम्प (फ्रग जम्प) साथै कक्षा १ कै छात्र तर्फ भ्यागुते जम्प(फ्रग जम्प) गराईएको थियो ।
    कक्षा २ को छात्र÷छात्रा तर्फ चम्चा दौड,विष्कुट दौड र कक्षा ३ को छात्र÷छात्रा दुवै तर्फ तातो आलु प्रतियोगिता गराईएको थियो । त्यस्तै गरि कक्षा ४ मा छात्र÷छात्रा दुवै तर्फ भ्यागुते जम्प (फ्रग जम्प) र रनिङ रेस प्रतियोगिता गराइएको थियो ।


    त्यसैगरि अन्य कक्षाहरुमा पनि विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । विजेता सवै कक्षाका पहिलो दास्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति सोम नेपालले सिल्ड र मेडलले विद्यार्थीहरुलाई सम्ममान गरेका थिए ।
    साथै अभिभावक हरुलाई पनि महिला तर्फ म्युजिकल चेयर,हन्डि फुटाई र तातो आलु, भित्र वाहिर खेलाईएको थियो । भने पुरुष तर्फ तातो आलु, हन्डि फुटाई र भित्र वाहिर खेलाईएको थियो विजेता सवै अभिभावकलाई काँसको वोटुकाले विद्यालयका लगानीकर्ता विरेन साम्वाले सम्मान गरेका थिए ।
    विद्यालयले यसका अलावा फु्टवल,वक्तृत्वकला,नृत्य,कविता वाचन लगाएतका कार्यक्रमहरु समावेस गरिएको थियो ।
    वार्षीक रुपमा विद्यालयले अभिभावकको प्रत्यक्ष उपस्थितिमा आयोजना गर्ने यस्ता कार्यहरुले विद्यालय र अभिभावक हरुविचको घनिष्टता बढेर जाने विद्यालयका प्रिन्सिपल गजेन्द« सुव्वाले वताए ।


    कार्यक्रमका प्रमुख अथिति एनप्यावसन प्रदेश नम्वर १ का अध्यक्ष जय वहादुर श्रेष्ठ, विशिष्ठ अथितिमा एनप्यावसन मोरङ जिल्ला अध्यक्ष सुनिल दत्त अधिकारी र लगाएत विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु र स्थानिय अभिभावक हरुको उपस्थिति रहेको थियो ।
    शुभकामना सन्देश राख्दै प्रमुख अथिति श्रेष्ठले निजि विद्यालयहरुले अव थप परम्परागत शैक्षिक प्रणाली लाई विस्थापित गर्दै आधुनिकताको प्रयोग सगै सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्नु निजि विद्यालयको ध्यानकर्षण हुनु पर्ने औल्याएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…