• बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०१९ को पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
    सामुदायिक हलमा सम्पन्न समारोहमा बाहुनडाँगी जेसीजले प्रदान गर्दै आएको ३ वटा अवार्डबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । जसमा उत्कृष्ट नागरिक सम्मान राष्ट्रिय खेलाडी बाहुनडाँगी निवासी गंगा अधिकारीलाई प्रदान गरिएको छ । यसैगरी गंगामाया–दलबहादुर सिठुङ अध्यक्षकोषबाट प्रदान गरिने बाहुनडाँगी जेसीज उत्कृष्ट जेसीज अवार्ड तालिम संयोजक देबु बानियाँलाई प्रदान गरिएको छ । बाहुनडाँगी क्षेत्रमा एसइइ परीक्षामा उत्कृष्ट हुने मेची जनसाधारण माविकी सदिक्षा घिमिरेलाई गंगामाया–दलबहादुर सिठुङ अध्यक्षकोष छात्राबृत्तिबाट सम्मान गरिएको छ । जेसीज सदस्य बानियाँ र विद्यार्थी घिमिरेलाई नगद तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
    पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष जीवन मोतेले वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नव निर्वाचित अध्यक्ष उप्रेतीले विभिन्न पदमा मनोनित गरेका थिए । शाखाको महासचिवमा देबु बानियाँ, कोषाध्यक्षमा राजेश थापा, कानुनी सल्लाहकारमा प्रविण भण्डारी, सचिवमा रेमन कार्की, कार्यक्रम संयोजकमा सागर कार्की, तालिम संयोजकमा निकेश दाहाल, जनसम्पर्क अधिकारीमा अनिष काफ्लेलाई मनोनित गरेका छन् । यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्ष आनन्द गुप्ता र अभिषेक मेहेता, उपाध्यक्ष कमला शर्मा, हेमन्त मोक्तान, सुनिल धिमाल र नृत्यानन्दा चम्लगाई निर्वाचित भएका निर्वाचन आयुक्त एव्म पूर्व अध्यक्ष पुष्कर ढकालले बताए ।
    नव निर्वाचित अध्यक्ष उप्रेतीले सबै पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराएका थिए ।
    वर्ष २०१८ का अध्यक्ष जीवन मोतेको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि उपमेयर मिना उप्रेती, पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, सामाजिक व्यक्तित्व अनुप कार्कीलगायतलेब ोलेका थिए ।

    कार्यक्रममा छिमेकी शाखाका अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यकारीणी उपाध्यक्ष राजेश थापाले आस्था पाठ गरेका थिए । कार्यक्रम संयोजक निकेश दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०१८ का महासचिव सागर कार्की र वर्ष २०१९ का महासचिव देबु बानियाँले सयुक्त रुपमा गरेका थिए ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…