•  

    रातोकलम सहकर्मी,यु.ए.ई,

    अनिस तामाङ, २६ माघ!

    तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले दुबईमा तामाङ संस्कृति जगेर्नाका लागि ‘तामाङ समाज युएईको शान तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ–२०१९ सम्पन्न गरेको छ ।

    तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्व सांसद बहादुरसिंह तामाङको प्रमुख आतिथ्यता, तामाङ समाज युएईका संस्थापक अध्यक्ष तथा किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र लामा, सेलो गायक सञ्जीव वाइवा, नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा तामाङ समाज युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम दोङले सरकारी कामकाजको भाषामा तामाङ भाषालाई मान्यता दिन नेपाल सरकारको ध्यानाकर्षण गराए । सांसद बहादुरसिंह तामाङले तामाङहरुको एकतामा जोड दिँदै राष्ट्रिय राजनीतिमा तामाङहरु अगाडि आउनुपर्ने बताए ।

    कार्यक्रममा संस्थापक अध्यक्ष छत्र लामाले पनि तामाङ समाज युएईको स्थापना कालदेखि वर्तमानसम्मका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा यस वर्षको प्रेसिडेन्ट अवार्ड–२०१८ को उपाधि कार्यक्रम संयोजक भीम दोङलाई प्रदान गरिएको छ ।

    तामाङ समाज युएईका संस्थापक चार जना सदस्यहरु छत्र लामा, राम मोक्तान, विमल तामाङ, लेक योञ्जन तामाङ, नेपालबाट आमन्त्रित अतिथिहरु सांसद बहादुरसिंह तामाङ, सेलो गायक सञ्जीव वाइवालाई सामाजिक क्षेत्रमा दिएका योगदानको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने तामाङ समाज युएईमा रहि समुदायलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै प्रत्येक क्षेत्रीय समिति र केन्द्रबाट दुई दुइ जना सदस्यहरुलाई स्टार मेम्बर अभ दि इयर -२०१८ अवार्डले सम्मान गरेका थिए ।

    दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सेलो गायक सञ्जीव वाइवाले आफ्नो आधा दर्जनभन्दा बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । एउटा कुरा मनमा थियो, परदेशमा बस्ने ए हजुर, हिमाल पारी सीमाना गाउँ, आप्पलाई मेरो फ्याफुल्जि, जाडो है महिना लगायतका थुप्रै उत्कृष्ट सेलो गीतहरु प्रस्तुतिका साथमा स्थानीय कलाकारको प्रस्तुतिले माहौललाई संगीतमय बनाएका थिए ।

    कार्यक्रमको अन्तिम अन्तिममा नवगायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम सांसद बहादुरसिंह तामाङ लगायतका अतिथिहरुले विमोचन गरेका थिए । उक्त एल्बममा मादन गाउँको, ह्याङला सोनाम ल्होछार, ह्याङला डम्फू लगायत चार ओटा गीतहरु समावेश रहेका छन् भने स्याल्पा तेञ्जिन रिन्पोछेद्वारा लेखित एक सय हितोपदेश किताब कार्यक्रम वितरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…