• झापा । १५ वर्षदेखि निरन्तर क्रिकेटको प्रशिक्षक दिदैँ आएका मेचीनगर ६ काँकरभिट्टाका विरु श्रेष्ठलाई वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरेका छन् । .खेलकुद पत्रकार मञ्च झापाले शनिबार साँझ बिर्तामोडमा गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा श्रेष्ठलाई नगद २५ हजार सहित उक्त अवार्ड अर्जुनधारानगरपालिकाका मेयर हरि राना र समाजसेवी राजकुमार पोखरेलले प्रदान गरे ।
    आफुलाई क्रिकेट क्षेत्रमै समप्रित गरेका श्रेष्ठले उत्पादन गरेका रुविना क्षेत्री नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान छिन् । साथै उनले दर्जनौ राष्ट्रिय खेलाडी उत्पादन गरेका छन् । बिहान र बेलुका सधैँ काँकरभिट्टा माविको खेल मैदानमा भेटिने श्रेष्ठले क्रिकेटको क्षेत्रमा पुर्याएको योगदानको जति नै चचौ गरे पनि कमै हुन्छ ।
    अवार्डको यस यस विधामा जुडोका गंगा खड्का र बक्सिङका डम्बर लिम्बू मनोनयनमा परेका थिए । उनीहरु सबै झापाका प्रशिक्षक हुन् । यसैगरी, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवयुगले उत्कृष्ट पुरुष खेलाडी र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् ।
    नवयुगले फुटबलका विशाल राई बी र अनन्त तामाङलाई पछि पार्दै अवार्ड हात पारे । उनीहरु तीनै जना राष्ट्रिय टोलीका सदस्य हुन् । श्रेष्ठ इलामका हुन् भने राई र तामाङ झापाका हुन् ।त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी ९महिला० तर्फ जुडोकी देविका खड्का घोषित भइन् । खड्काले कराँतेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बाफो सुब्बालाई पछि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् । एपिएफका देविका र एस्तर झापाका हुन् भने अन्जिला महिला फुटबल राष्ट्रिय टोलीकी गोलरक्षक इलामकी हुन् । उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देविकाले स्कुटी प्राप्त गरे ।त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बा सम्मानित भएका छन् । उनलाई नगद ३५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । साथै उनले इस्ट होराइजन स्कुलको तर्फबाट नगद १० हजार रुपैयाँ समेत प्राप्त गरे ।वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार ९झापा० घोषित भए । उनले एथलेटिक्सकै सविता कार्की ९ताप्लेजुङ० र फुटबलकी सम्झना लावती ९झापा० लाई पछि पारे । पिपुल्स च्वाइज प्लेयरको अवार्ड फुटबलका देवेन्द्र तामाङले हात पारे । उनी झापा ११ का डिफेन्डर हुन् । उत्कृष्ट युवा, प्रशिक्षक र पिपुल्स च्वाइज प्लेयरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।पुरस्कार राशि एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गरेका हुन् भने मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका हुन् । गत वर्ष झापाका खेलाडीलाई मात्र केन्द्रित गरेर प्रदान गरिएको अवार्ड यस वर्षबाट मेची अञ्चल भरिका खेलाडी तथा प्रशिक्षकलाई समेटिएर अवार्ड वितरण कार्यक्रम राखिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…