• बाहुनडाँगी । जनकपुर जेसीज वर्ष २०१९ का शाखा पदाधिकारीहरुलाई ‘लोम अफिसर ट्रेनिङ’ प्रदान गरिएको छ ।
    शाखाको सचिवालयमा सम्पन्न तालिममा शाखाका नव निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा शाखाका पदाधिकारीहरुले गर्नु पर्ने काम कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण गराइएको थियो । उनीहरुलाई मुख्य प्रशक्षिक शाखाका २०१७ का अध्यक्ष सुदिप कोइरालाले प्रशिक्षण गराउनु भएको थियो ।
    वर्ष २०१९ का अध्यक्ष तुलसी पञ्जियारको सभापतित्व तथा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् जनकपुर जेसीजका पूर्व अध्यक्ष ललितकुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाहकार जितेन्द्र महासेठको सहभागिता रहेको थियो । शाखाले सहभागि अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…