• आयुष निरौला
    बुद्धशान्ति । बुधबारे जेसीज वर्ष २०१९ को पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीले वर्ष २०१९ का अध्यक्ष हेमन्त बराललाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनुभएको थियो । साथै नव निर्वा्चित अध्यक्ष बरालले विभिन्न पदमा मनोनित गर्नुभएको थियो । मनोनित गरिएका पदहरुमा महासचिवमा मुकेश भट्टराई, सहसचिव गोकुल पौड्याल, मिडिया कोअर्डिनेटरमा आयुष निरौला, वातावरण संयोजकमा दिनेश खतिवडा, स्वास्थ्य संयोजकमा प्रकाश निरौला , रेकर्डिङ कोअर्डिनेटरमा पवन खनाल, थिम इडिटरमा पर्शुराम भट्टराई, भोलियन्टर कोअर्डिनेटरमा दिवेश सिवाकोटि, न्यू मेम्बर कोअर्डिनेटरमा गंगाराम भट्टराई, पब्लिक रिलेसन अफिसर नन्दु राई, कानुनी सल्लाहकार चन्द्र कट्वाल , टे«निङ् कोअर्डिनेटरमा दुर्योधन सिंह देव, स्पोर्टस् कोअर्डिनेटरमा बालकुमार राई, फाइनान्स कोअर्डिनेटरमा अग्नेश दाहाल, लङ टर्म कोअर्डिनेटरमा मनोज कडरिया, टुर कोअर्डिनेटरमा भुपेन गिरी, कलचरल कोअर्डिनेटरमा सोमनाथ भट्टराई, विज्ञापन कोअर्डिनेटरमा चन्द्र वाग्ले, आइओम कोअर्डिनेटरमा टेकनाथ ढकाल, ध्वनी संयोजकमा ख्याम नेपाल, सिस्टम म्यानेजमेन्टमा रामकृष्ण लुइटेललाई अध्यक्ष बरालले सपथ खुवानउनु भएको थियो ।
    शाखाको साधारणसभामा निर्वाचित भएका कार्यकारिणी उपाध्यक्षमा अनिल वाग्ले र दिपेन सिटौला, उपाध्यक्षमा गजुहाङ्ग लिम्बु, नवराज कोइराला, अर्जुन ढकाल र केशव खुलालको नाम सोही समारोहमा निर्वाचन आयुक्त एवम् पूर्व अध्यक्ष सेवन्त पोखरेलले घोषणा गरेका थिए ।
    उनीहरु सबैलाई नव निर्वाचित अध्यक्ष बरालले सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।

    वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीकोे सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष मिरा भुर्तेल, शाखाका संस्थापक अध्यक्ष प्रकाश सिवाकोटीपूर्व अध्यक्ष समाज झापाका अध्यक्ष सिनेटर विनोद बस्नेत, पूर्व अध्यक्ष सेमन्त पोख्रेल, एकरराज गिरी, वर्ष २०१९ का अध्यक्ष विशाल थापा, शाखाका पूर्व अध्यक्ष अतुल प्रसाई धुलाबारी जेसीजका अध्यक्ष नारायण खनाल, वर्ष २०१९ का अध्यक्ष केशव पोख्रेल, पुर्व अध्यक्ष लिला भण्डारी, बाहुण्डागी जेसीज वर्ष २०१९ का महासचिव देबु बानियाँ, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुङ्गेल, कमलनगर जेसीजका अधयक्ष केदार कटुवाल, शिवसताक्षी जेसीजका अध्यक्ष महेन्द्र भट्टराई, लेटाङ जवेसीजका अध्यक्ष मनिष मगर, अर्जुनधारा जेसीजका अध्यक्ष अजय देव, विरता लेडी जेसीजकी अध्यक्ष नमत्रा ढकाल, चारआली जेसीजका अध्यक्ष रोहीत दाहाल, सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराईलगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक दुर्योधन सिंह देवले स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०१६ का अध्यक्ष सेमन्त पोख्रेल, बर्ष २०१८ का महासचिव चन्द्र कटवालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…