• रातोकलम सम्बादाता।

    युएई-फेब्रुअरी-१०

    “नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको कुरा सर्वविदितै छ। सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ - २०७५ भब्यताका साथ सम्पन्न गरेको छ। फेब्रुवरी ८ तारिखका दिन भएको कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका चिरपरिचित कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो।

    अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएन,-युएई अलऐन क्षेत्रीय समन्वय परिषदका अध्यक्ष गोपाल पौडेलले गर्नु भएको थियो भने एनआरएनए आईसीसी सदस्य मनोज गोर्खालीको प्रमुख आतिथ्य साथै विशेष अतिथिमा निर्मल कुमार पोख्रेल लगायत केन्द्रीय सदस्यहरू कुमारी तामांग, दिव्या सुब्बा, डिस्कवरी रोयल्स स्पोर्टका प्र.निर्देशक ओम उप्रेती, बयोवृद्ध बुबा कृष्णदत्त उप्रेती,जनसम्पर्क समिति महामन्त्री कृष्ण प्र. गौतम, नेपाली प्रवासी मंच क्षेत्रीय ईन्चार्ज लक्ष्मण अधिकारी, ईनास महासचिव राम तामांग, मितेरी समाज अध्यक्ष प्रदिप पुन एनआरएनए आरसिसि दुबइका अध्यक्ष मदन अधिकारि साथै जनसम्पर्क समिति क्षे. सभापति जनक सापकोटा लगायत प्रवासी मंच, झापाली समाज, अर्घाखॉची सेवा समाज, ईनास, नेपाल मगर संघ, मितेरी समाज,किरॉत राई यायोक्खा, बॉके बर्दियासेवा र अन्य संस्था समाजहरूका क्षेत्रीय प्रमुखहरूको आतिथ्य रहेको हो।

    कार्यक्रम लाई मनोरन्जनत्मक बनाउन गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,जनक रुचाल, सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया, प्रयास कटवाल, र लक्षमण सुनार नृत्यगंना दिब्या सुब्बा, पुजा रेग्मि,अर्मिला लोप्चन, सौभाग्य पाैडेल, राल जाेडी साथै नेपाली बाल मन्चका कलाकारहरु सम्पुर्ण,आर्यन, अटल,ईच्छाको समेत विशेष प्रस्तुती रहेको थियो ।युएई एक्सचेन्ज को मुख्य प्रायोजन र हिमाल रेमिट र युनिकाइ फुडसकाे प्रायोजनमा सम्पन्न कार्यक्रमको सन्चालन उज्वल दाहाल र नेमिका गुरुङ्ले गरेका थिए। कार्यक्रम सभ्य र भब्य भएको सम्योजकका अनुसार कार्यक्रम सभ्य र भब्य रहेको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…