• कुमार खड्का माघ २७,पथरी ।
    मोरङको उर्लावारी नगरपालिकाले स्थानिय सरकार गठन भएको १८ महिना पछि स्थानिय विषय र स्थानियको आवश्यता र स्थानिय विषयमा केन्दि«त हुदै स्थानिय राजपत्र सार्वजनिक गरेको छ ।
    राजपत्रमा ७ ऐन,५ नियामवली,२ निर्देशिका,१ आचारसंहिता,१४ कार्यविधि सहित २९ वटा ऐन समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगरपालिका प्रमुख खड्ग बहादुर फागोले बताए ।
    सार्वजानिकिकरण कार्यक्रमकी प्रमुख अथिति प्रतिनिध सभाकी उप–सभामुख डा.शिवमाया तुम्वाहङफे सो राजपत्र सार्वजनिक गरेकी हुन । स्थानिय राजपत्र सार्वजनिक गर्दै तुम्बाहाङफेले संघ,प्रदेश र स्थानिय सरकार सञ्चालन तथा जनतालाई अधिकार सम्पन्न वनाउने उद्देश्यले निर्माण भएको देशको वर्तमान संघिय संरचनामा आवश्यक पर्ने कानुन निर्माणमा समन्वयकारी भुमिका आवश्यक रहेको प्रतिनिधि सभाकी उप –सभामुख डा.शिवमाया तुम्बाहाङफेले बताईन ।
    मोरङको उर्लावारी नगरपालिकाले आज (आईतवार) आयोजना गरेको स्थानिय राजपत्र सार्वजनिकिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो वताएकी हुन्
    तुम्बाहाङफेले वर्तमान संविधानले जनतालाई अधिकार समपन्न वनाएको भएता पनि संघ,प्रदेश र स्थानिय सरकार सञ्चालनको केहि कानुनहरु वाजिहरेको अवस्थामा सोको परिमार्जन गरि जनतालाई अधिकार समपन्न बनाउन संघिय सरकार लागि परिरहेको र प्रदेश सरकार र स्थानिय सरकारले पनि समन्वयकारी भुमिका खेल्नु पर्ने आवश्यक रहेको उनले वताईन ।
    देश संविधान कार्यान्वयनको बाटोमा रहेको वर्तमान अवस्थामा हाल सम्म १६ ओटा मौलीक हक सम्वधी कानुन निर्माण भई कार्यान्वयनमा आईसकेको जानकारी दिदै उनले ३३९ वटा कानुन मध्ये १६४ वटा विध्येकरुपमा छलफलको क्रममा रहेको उनले वताईन ।
    जनतालाई घर–घरमा सरकार आएको अनुभुति दिलाउन स्थानिय सरकारले स्थानिय विषय वस्तु र स्थानिय आवश्यत्ता लाई समेटेर कानुन निर्माण गर्दै र लागु गर्दै जानुपर्ने आवश्यता रहेको र सो निर्माण गर्दा देशको मुल संविधानलाई आधार वनाई स्थानिय जनप्रतिनिधि,विज्ञ,सरोकार वाला पक्ष सवै सग छलफल र वहस गरि निर्माण गरे निर्माण भएका स्थानिय कानुन कार्यान्वयनमा सहजता हुने उनले वताईन ।
    स्थानिय सरकारले कानुन निर्माण गरिरहदा स्थानिय जनतालाई अधिकार समपन्न हुने गरि र प्रदेश र संघिय कानुन सग नवाजीने गरि निर्माण गरे परिमार्जनको आवश्यता नपर्ने र स्थानिय जनताले सहजै रुपमा सरकार भएको प्रत्याभुति गर्न पाउने उनको भनाई रहेको छ ।
    विकाश निर्माणका विषयमा तीन वटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकाशले सही गति लिने र देश समृद्घिको वाटोमा अधि वढ्ने उनले वताईन ।
    कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले स्वागत मन्तव्य तथा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले पनि मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…