• २७ माघ। युएई / युएईमा कार्यरत नेपालीहरुले "महिनै पिच्छे लाखौंको तेल खाने तपाईंको कस्तो साईकल हो?" भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रश्न गरेका छन्। ब्यंग्यात्मक प्रश्नको जवाफमा मन्त्री पण्डितले आफू पदमा रहुन्जेल सुबिधामा पाएको सवारी साधन उपयोग गर्ने भन्दै पदबाट बाहिरिए पछि समान्य जीवनमा साईकल नै प्रयोग गर्ने बताए। युएई स्थित नेपाली दुतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले आफूमाथी जस्तोसुकै कार्यभार आईपरे पनि देश र जनताको हितकालागी सधैं आफ्नो दायित्व निर्वाह गर्ने बताए। बिदेशमा मजदुरी गरेर स्वदेश फर्कंदा आफ्नो देशको एयरपोर्टमा किन हाम्रो झिटिगुण्टा जफत हुने? भन्ने नेपालीहरुको प्रश्नमा पनि उनले सोझो जवाफ दिन सकेनन्। मन्त्री पण्डितले एयरपोर्टमा गरिएको कडाईबाट उत्पन्न भइरहेको असहजतालाई सरकारले सम्बोधन गर्ने आश्वासन दिए। युएईकालागी नेपाली राजदुत सागरप्रसाद फुयाँल, श्रम सहचारी मोतिराम भुसाल, युएई स्थित संघसंस्थाका प्रतिनिधि एवं विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु लगायतको सहभागिता रहेको सो अन्तरक्रियामा मन्त्री लालबाबु पण्डितले बिदेशमा सिकेको सीप स्वदेश फर्किएपछी पनि उपयोग गर्न आग्रह गरे। आज आईतबार देखि यहाँ शुरूहुने सातौं शिखर सम्मेलनमा नेपाल सरकारको प्रतिनिधीका रुपमा सहभागी हुन मन्त्री पण्डित ६ सदस्स्यीय टोलीकासाथ शुक्रबार युएई आएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…