• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको आतिथ्यता शाखा रत्ननगर जेसीजको एक दिने ‘प्रि–इन्ड्रक्सन’ तालिम सम्पन्न भएको छ ।
    शाखाका सम्पूर्ण सदस्यहरुलाई केन्द्रीत गरी आयोजना गरिएको तालिममा शाखाले १ वर्ष भित्र गरिने कार्ययोजनासहित सदस्यहरुलाई महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक विषयका बारेमा जानकारी गराइएको थियो । महाधिवेशनको पूर्व तयारीमा जुटेको रत्ननगरले अहिलेदेखि नै सदस्यहरुलाई क्रियाशील बनाउँदै भव्यताका साथ सम्पन्न गर्ने विभिन्न कार्ययोजनाहरु तयार गरेको छ । तालिमको मुख्य प्रशिक्षकको रुपमा शाखाका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष निरज श्रेष्ठ रहनु भएको थियो । उहाँले तालिममा जेसीजकर्मीहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो ।
    शाखाका वर्ष २०१९ का तालिम निर्देशक दिलिप सुवेदीको संयोजकत्व तथा शाखा अध्यक्ष सुभाष पोखरेलेका अध्यक्षतमा तालिम सम्पन्न भएको थियो । तालिममा रत्ननगर जेसीजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष निजानन्द मल्ल, पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विश्वास रायमाझी, पूर्व अध्यक्ष विश्वास श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…