• मेचीनगर । बलभद्र आधारभूत विद्यालयको नवनिर्मित सरस्वतीको मन्दिर आइतवार उद्घाटन गरिएको छ ।
    सरस्वती पुजाको अवसर पारेर मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त मन्दिरको उद्घाटन गरेका हुुन् ।
    मेचीनगर नगरपालिकाको १ लाख ७६ हजारको लागतमा निर्माण भएको मन्दिरका लागि मेचीनगरका मेयर विमल आचार्यले व्यक्तिगत रुपमा २५ हजार मुल्य बराबरको सरस्वतीको मुर्ति प्रदान गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार दासको सभापतित्व तथा मेयर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वडा सदस्य रिता थापा, बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा मगर, विद्यालयका प्रधानाध्यापक तिलकबहादुर धिमाल, सहयाक प्रधानाध्यापक हरिप्रसाद चापागाई, विद्यालयका सदस्य राजेन्द्रकुमार थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रञ्जु थापा मगरलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक निरज घिमिरेले गरेका थिए । सरस्वती पुजामा विद्यार्थीहरुल्े पुजा आजा गर्नुका साथै नृत्य गरेर रमाइलो समेत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…