• धरान । सुनसरीको धरानमा जारी २१ औँ बुढासुब्बा गोल्डकपको पहिलो खेलमा आइतबार बराबरीमा रोकिएको सिएमजि संकटा क्लबले सडन डेथमा जित हात पारेको छ ।
    सोमबार बिहान भएको पेनाल्टी प्रहारमा मेची नेत्रालय केएफटिसि झापालाई सडन डेथमा हराउदै संकटा सेमीफाइनल प्रवेश गरेको छ । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएपछि दोस्रो पेनाल्टी प्रहारमा संकटाका सेड्रिक अबाले निर्णयक गोल गरे भने झापाका दिलेन लोक्ताम गोल गर्न चुके ।
    लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके । उनीहरुभन्दा अघि संकटाका अमित तामाङ र झापाका पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो । आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २(२ गोलको बराबरीमा टुंगिएको थियो ।
    त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४(४ गोल भयो । त्यसपछि सडन डेथमा ६(६ पेनाल्टी प्रहार हुदा ५(५ गोलको बराबरी भएको थियो । सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा आज बिहानलाई खेल सारिएको थियो ।
    आइतबार भएको उद्घाटन खेलमा संकटाका गोलकिपर राजाबाबु थापाको प्रर्दशन राम्रो थिएन । एउटा फ्रि किक प्रहारमा सिधै गोल भएको थियो भने दोस्रो गोल कर्नर प्रहारमा झापाका खेलाडीले हेडमार्फत गोल गरेका थिए । उनको प्रर्दशनप्रति संकटाका कोच निराजन खड्का पनि सन्तुष्ट भएनन् । तर, सोमबार बिहान भएको सडन डेथमा उनै गोलकिपर थापा नायक सावित भए । उनले झापाको दोस्रो पेनाल्टी प्रहारलाई रोक्न सफल भए , जसले गर्दा संकटा सेमीफाइनलमा पुग्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । आयोजक क्लबका अध्यक्ष किसोर राईले गोलकिपर थापालाई नगद १५ हजारसहित ट्रफी दिएर पुरस्कृत गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…