• कुमार खड्का माघ २८,पथरी ।
    प्रदेश नम्वर १ का मुख्य मन्त्रि शेरधन राईले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा स्थापना भएको उचित जैविक मल उद्योग लाई आगामी वर्षमा विस्तार गर्दै प्रदेश स्तरिय वनाउने वताएका छन् ।
    सोमवार उद्योगको उद्घाटन गर्दै राईले प्रदेश सरकारको तर्फ वाट आगामी वर्षमा स्थापित उद्योग सञ्चालन गर्न वजेटको व्यावस्थापन गरि प्रदेश नम्वर १ कै उद्योगका रुपमा स्थापित गराउन सहयोग गर्ने प्रतिबद्घता जाहेर गरेका छन्
    वर्तमान अवस्थामा कृषक हरुले कृषीजन्य वस्तुको उत्पादनमा विभिन्न रसायनिक विषादीहरुको प्रयोग बढि मात्रामा गर्ने गरेको र उत्पादित कृषि उपजले मानव स्वास्थ्यमा नकरात्मक असर पारेको कुरा उल्लेख गर्दै प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनमा लगानी गर्दै उत्पादित वस्तुलाई वजारीकरणमा समेत सहयोग गर्ने राईले वताए ।
    प्रदेश नम्वर १ देशकै उर्वर भुमि रहेको वताउदै प्रदेशलाई समृद्धि प्रदेशका रुपमा अगाडी लैजान प्रदेश सरकारले कृषिमा लगानी गरि प्रदेश १ लाई कृषिमा आत्मनिर्भर वनाउने वताएका हुन ।
    २०७४ माघ ५ गते नगर प्रमुख दिलिप कुमार राईले शिल्यान्यास गरेको सो उद्योगले आजवाट औपचारिक रुपमा जैविक मल उत्पादन थालेको हो । नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृर्षकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदै आएको छ ।
    जहाँ १० वटा संस्थाको सहकार्यमा उद्योग स्थापना गरेर वढ्दो रासायनिक मल र विषादी हटाउने अभियान अघि बढाइएको हो । सो कार्यमा सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ ।
    जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले १,१ लाख र कृषि सहकारी संस्थाले न्यूनतम् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी भएको र आगामी ५ वर्ष भित्रमा ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले वताए ।
    १ विगाहा जग्गा वार्षिक २५ हजारमा १५ वर्षे लिजमा लिएर १ वर्षअघिबाट उद्योग निर्माण थालिएको थियो । प्रतिघण्टा १ टन मल उत्पादनको क्षमता रहेको उद्योगका सञ्चालकले वताए ।
    पहिलो वर्ष दैनिक ७ टन उत्पादनको लक्ष्य रहेको भएतापनि । यो वर्ष २ करोडको कारोबार गर्ने र अर्को वर्ष दोब्बर बनाएर लैजाने उद्योगको लक्ष्य रहेको छ ।
    उद्घाटन कार्यक्रममा प्रदेश सभासदस्य सुयर्माराज राई, नगर प्रमुख दिलिप कुमार राई, वडा नम्वर २ का वडा अध्यक्ष तथा उद्योगका आन्तरिक लेखा संयोजक याम प्रसाद गुरागाई,स्थानिय जनप्रतिनिधि हरु,किशान आयोगकी केन्दि«य सदस्य तथा प्रदेश नम्वर १ संयोजक मिना तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…