• काठमाडौँ : भारत सरकारले नेपालका कर्मचारीहरुलाई दिने तालिमलाई निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका २० जना कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ मा सञ्चालन हुने ग्लोबल पर्सपेक्टिभ फाइनानसियल म्यानेजमेन्ट विषयक तालिम भारतमा लिइरहेका छन् ।
    दोस्रो चरणमा सोमबारदेखि यो तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भइरहेको छ ।

    जम्मा ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोधमा गरिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषय कर्मचारीलाई दक्ष बनाउने विश्वास लिइएको छ ।
    तालिममा आर्थिक प्रणाली सञ्चालनबारे विश्वव्यापी अभ्यासको ज्ञान पनि सहभागीहरुलाई दिइने छ । प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले यही माघ १० गते १० दिन लामो तालिम लिइसकेका छन् ।

    आइएनजीएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस संस्थाले नेपालसहित छिमेकी देशका कर्मचारीलाई पनि तालिम दिँदै आएको छ ।
    आइएजीएफ संसारभरका विकासशील मित्र राष्ट्रका कर्मचारीललाई आईटेक कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्थाका रुपमा स्थापित छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…