• माघ २९,पथरी । मोरङको पथरीमा भ्यालेन्टाइनडे (फ्रेब्रुअरि १४) अर्थात फागुन २ गते बाट सिक्का लञ्ज एण्ड बार विथ लाइभ म्युजिक नामको वार संचालनमा आउने भएको छ ।


    प्रणय दिवशको अवसरमा उद्घाटन हुने सो वारले औपचारिक उद्घाटन विशेष सांगितिक प्रस्तुतिका साथ गर्ने भएको छ ।
    पुर्वि मोरङ्गका खाना र संगित पारखीहरुलाई लक्षित गरि मुख्य पूर्व–पश्चिम राजमार्ग को पथरीको पूर्व वस स्टेन्ड दक्षिण पट्टि रहेको गोर्खा डिर्माटमेन्ट पश्चिम पट्टिको घरको माथिल्लो तल्लामा पथरी र कानेपोखरीका ७ युवा व्यवसायीहरुको ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सो बार संचालन आएको हो ।
    ७० जना ग्राहक क्षमता सहितको बार सँगै ५० जनाको क्षमता भएको बर्थ डे पार्टी हल र २५ जना अट्ने मिटिङ्ग हल पनि संचालन गरिने सिक्का वारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालकमध्येका सञ्जीव गिरिले बताए
    सांगीतिक र पारिवारिक वातावरणमा खानपिन सहितको सुविधा सम्पन्न सो बार प्रणय दिवसको अवसर पारेर फागुन २ गते उद्घाटन गरिने संचालक धिरेन सुब्बाले बताए ।


    पथरी र अन्य छिमेकी पालिकाका आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नु पर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक बातावरणमा बसाउने उदेश्यका साथ बार संचालनमा ल्याउन लागेको सञ्चालकको भनाई छ । प्रत्येक शुक्रवार, शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुती सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको बताइएको छ ।
    वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ । युवा व्यवसायीहरु धिरेन सुब्बा, सञ्जीव गिरि , मिलन श्रेष्ठ , पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईको लगानीमा सो बार संचालन हुन लागेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…