• कुमार खड्का माघ,२९ पथरी ।
    आगामी फागुन ४ गते युवा पुस्ताले सर्वाधिक रुचाएका युवा गायक तथा नेपाल आईडल सिजन १ का फाईनलिष्ट प्रताप दास पथरी आउने भएका छन्
    उनले आवाज दिएका गितहरु “फुल होइन काँडा.... काँडै वाटो हिडौला” नेपाली कथानक चलचित्र रोज त्यसैगरि नेपाली चलचित्र प्रेम गित २ मा “मोटरसाईकल मा जाँउ कान्छि घुम्नलाई” जस्ता चर्चित गितहरु मा आफ्नो वोल्ड आवाज दिएर युवा पुस्ताको ढुकढुकीमा वस्न सफल युवा गायक दास सिजी नेपाल वियर साँगितिक साझ २०७५ मा भाग लिन आउने भएका हुन् ।


    पथरी वाट सञ्चालनमा अएको रेडियो रिदम ९९.७ मेघाहर्जको आयोजनामा हुन लागेको सो साँगितिक साझमा दासका साथमा हास्य गायक श्री कृष्ण लुईटेल(वोकेदारी)सोसला आईडल टप ६ का प्रतिष्पर्धी राज लोहार, स्थानिय हास्य व्याङय कलाकार जिपि जोडि आर्थात रेडियो रिदमका कार्यक्रम प्रस्तोता द्वय गणेश भट्टराई र प्रविन कोईरालाका साथमा उर्लावारीको रोजि डान्स सेन्टरको प्रस्तुति रहने मंगलवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक मनु खड्काले जानकारी दिईन ।
    कार्यक्रममा ३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने कार्यक्रम समापन पश्चात वाकी रहेको रकमको केहि प्रतिशत सामाजिक कार्यमा खर्च गरिने आयोजक मध्येका संजिव महराले वताए ।
    कार्यक्रममा २ सय रुपैयाँ देखि १ हजार रुपैयासम्मको टिकटको व्यावस्थापन गरिने आयोजकले वताएको छ ।
    पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा आयोजना हुन लागेको सो कार्यक्रमको मुख्य प्रायोजक सिजि नेपाल आइस वियर रहेको छ भने अन्य प्रायोजक हरुमा पूर्वेलि होटल एण्ड पार्टी प्यालेस,कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल पथरी रेहेको आयोजकले वताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…