• ओम आचार्य

    अहिले राजनीतिमा अभिव्यक्तिवाट , मिडिया मार्फ़त या एक अर्काको निन्दा गरेर , अपमान गरेर , मर्यादा नराखेर , होच्याउने प्रवृती वडेर गएको छ । यस्तो प्रकारको हिंसा गर्ने प्रवृती नेपाली राजनीतिमा अत्यन्तै मौलाएर आएको छ । त्यो विशेस गरेर अप्राकृतिक गढवन्धन गरेर एकिकृत भएको नेकपा भित्र पछिल्लो समय देखा परेको छ । विपक्षी पाटी विपक्षी नेताबाट सरकार प्रती यस्तो हुनु त सामान्य कुरा हो यो त विपक्षी दलको धर्म भित्रै पर्छ तर आफ्नै पाटी आफ्नै सरकार प्रती र त्यो पनि दुइ पाटी मिलेर वनेको नेकपा भित्र यस्तो निन्दा ,यस्तो अपमान र होच्याउने प्रवृती ले यि दुइ पाटीमा यस्तो हिंसाले द्वन्द भित्र्याउने स्थिती देखिन्दै छ । र यो स्थिती अहिले आएर विकसित भएको छ भेनेजुएला प्रकरण प्रती आएको अभिव्यक्तीले।

    प्रधानमन्त्री के पी ओली विदेस रहेको बेला नेकपा का अर्का अध्यक्ष प्रचण्डवाट आएको अभिव्यक्ति मा अमेरिकाले सरकारको धारण माँग गरेपछी सरकार प्रमुख र पाटि अध्यक्ष समेत रहेका प्रधान मन्त्री के पी ओली को धारणा र उन्को अभिव्यक्ति वाट यस्तो परिस्थिती सृर्जना भएको देखिन्छ ।

    नेकपा मा दुइ अध्यक्ष रहेका र दुवै अध्यक्षले व्यक्त गरेका अभिव्यक्ति प्रती एक अर्काले स्वामित्व लिएको देखिएन ।

    अमेरिका सरकार प्रती दाहालको अभिव्यक्ति ले सम्वन्ध अमिलो वन्न थाले पछी दाहालको अभिव्यक्ति लाइ "सव्द चिप्लिएको " भनेपछी पाटी अध्यक्ष समेत रहेका दाहालको हैसियत नेकपा भित्र कस्तो रहेछ त्यो प्रचण्डले सोच्ने अवस्था देखा परेको छ । त्यसैको फलस्वरूप होला प्रचण्डले यो मेरो "राजनीतिक वक्तव्य" भन्दै आफ्नो अभिव्यक्ति को प्रतीरक्षामा उभिएका छन । जनता संग प्रधानमन्त्री कार्यक्रम मा ओलिले दाहालको अभिव्यक्ति "एउटा व्याक्तीको " भनेर आफ्नै पाटी का अर्का अध्यक्षको यसरी मान मर्दन मात्रै गरेन उनले "अघिल्लो दिन वक्तव्य नदिइ नहुने जरुरी थिएन भोलिपल्ट म आउदै थिए " भनेर दाहालको अभिव्यक्ति लाइ निन्दा मात्रै गरेन कि नेकपा भित्र का अर्का अध्यक्षको हैसियत मा समेत प्रस्न उठ्ने अवस्था र परिस्थिति सृर्जना हुन सक्ने देखिन्छ ।

    "म नेपालमै भएको भए यस्तो वक्तव्य आउने थिएन "भनेर प्रचण्ड लाइ अपरिष्कृत नेताको रुपमा प्रस्तुत सम्म गर्न भ्याए ।

    अहिले नेकपा भित्र नेकपा एमाले र माओवादी एकता केन्द्र छ दुवै पाटी पछिल्लो भेनेजुएला प्रकरण प्रतीकों धारणा प्रती विभाजित हुदै एक अर्काको प्रती रक्षामा उभिन थालेको अवस्थाले विचार मा दुइधार दुइ धारणा देखा परेको छ ।

    अहिले राजनीतिक विस्लेषकहरु र राजनीतिमा टिप्पणी गर्नेहरुले प्रचण्डमाथिको मानमर्दन र निन्दाको रुपमा लिएका छन भेनेजुएला प्रकरण प्रती को धारणा सही या गलत भन्दा पनि अर्का पाटी अध्यक्ष दाहाल प्रती को भनाइमा आएको स्पस्टीकरण

    लाइ माओवादी ले राम्रो रुचाएको छैनन र यो वौध्दिक निन्दा बौंध्दिकहिंसा को रुपमा यस्लाइ विकसित गरेको देखिन्दै छ र यो हिंसाले दुइ पाटीमा अव द्वन्द सृर्जना हुन्छ र यसैको परिणती नै हो प्रचण्डले अर्को माओवादी जन्मिन्छ भन्दै वर्तमान सरकारको कार्यशैली प्रती असन्तुस्ट प्रकट गरे ।उन्को असन्तुस्टी भेनेजुएला प्रती भएको जुहारी लगत्तै आएको हो।उन्ले सरकारले ल्याएको एन कानुन संविधान वमोजिम छन ? प्रस्न गर्दै प्रचण्डले 'कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? विस्तारै कमजोर त पारिँदै छैन ?’ प्रचण्ड ले माओवादीलाई सिध्याइहालियो, अब जे गरेपनि हुन्छ भन्ने नठान्न चेतावनीसमेत दिनुले उ प्रती निन्दा गरेकै प्रतिफल हो उन्को अभिव्यक्ति ।

    शान्ति सुरक्षा, बजेट लगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको कुरा सरकारकै पाटी अध्यक्ष रहेका पाटी अध्यक्षवाट आएको यो अभिव्यक्ति सरकारको लागी राम्रो होइन त्यसो त ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’ यो पनि भनाइ सरकार प्रती नै संकेत गरेको हो र नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरूलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको कुरा राख्नु पनि अव यि अध्यक्षको एक अर्का प्रती गर्ने निन्दा र मानमर्दनले अव द्वन्दमा परिणत गर्ने र यो द्वन्दले

    धेरै राजनीतिक विसंगती उत्पन्न गर्छ र यो विसंगती ले गणतन्त्र धरापमा पर्यो भने त्यस्को ज़िम्मेवारी यिनै दुइ पाटी ले स्वामित्व लिनु पर्छ । नेपाली काग्रेस जो विपक्षी छ र उन्ले लगाएको आरोप भन्दा कडा प्रचण्डले सरकार प्रती गम्भिर राजनैतिक संविधान मिचेको दोषारोपण गरेका छन तर यसरी दोषारोपण गरिरहदा प्रचण्डले मुलुकमा भएको भ्रस्टचार , वलत्कार हत्या का विसयमा उन्कोअभिव्यक्ती नआउनु आस्चर्य देखिएको छ। नेपाली काग्रेस का भातृ संगठनहरुवाट अहिले मुलुक भएको व्याप्त विसंगती विरुध्द जुन आन्दोलन चलाइरहेको छ यस्ले ओलि सरकारलाइ सच्चिएर आउन, प्रस्तुत हुन विधिविंधानमा रहन निर्देशित गरेको छ ।

    तर प्रचण्डको भेनेजुएला प्रकरण त यौटा निहु मात्र हो वास्तवमा प्रचण्डको सत्ता लिप्सा को सिढीको यौटा खुडकिलो भेनेजुएला प्रकरण हो सक्ति लिप्सा कै कारण नै यो अभिव्यक्ति आएको हुन सक्छ यो अभिव्यक्ति पछी सक्ती वाँडफाँड या सत्ता समिकरणमा कुनै परिवर्तन आए आस्चर्य मान्नु पर्दैन तर यस्ले प्रचण्ड र ओलि को पछिल्लो संवाद युध्दले वर्तमान सरकार को समिकरण विग्रने देखि लिएर गणतन्त्र नै धरापमा पर्ने अवस्था ले यो नेकपा को सरकार राजशाही को लागी उर्वर समय हुन सक्छ र यदी त्यस्तो भएमा यिनिहरुको इतिहास लेख्दा यि पात्रहरुलाइ लेखकले कसरी प्रस्तुत गर्छन त्यो वेलैमा सोच्नु बुध्दिमानी हुनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…